काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । अन्य ठूला दल अझै उम्मेदवार छनोटको रस्साकस्सीमा रहेका बेला नेकपाले भने निर्वाचनमा नाम दर्ता गराउने मितिभन्दा एक दिनअघि नै टुङ्ग्याएको हो ।
सूची अनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वीरुकुमबाट उम्मेदवारी दिनेछन् । त्यसैगरी, पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहट–१ बाट टिकट पाएका छन् । भीम रावलले भने अछामबाट उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवन–३ बाट चुनाव लड्ने भएकी छिन् । वर्षमान पुनले रोल्पा–१ बाट टिकट पाएका छन् ।
नारयणकाजी श्रेष्ठले सर्लाही ३ बाट उममेदवारी दिनेछन् । यो सूचीमा झलनाथ खनाल र वामदेव गौतमको नाम भने परेको छैन ।
हेर्नुहोस् सूची-





















प्रतिक्रिया