मधेशी मतदातामध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ : उपसभापति वाग्ले « Khabarhub

मधेशी मतदातामध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ : उपसभापति वाग्ले


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले मधेश प्रदेशबाट आगामी निर्वाचनमा आफ्नो पार्टीलाई ६० प्रतिशत मत प्राप्त गर्ने बताएका छन् । 

सोमबार जनकपुरमा भएको सभालाई सम्बोधन गर्दै ०७९ मा भएको निर्वाचनमा आफ्नो पार्टीले सो क्षेत्रबाट १ लाख भन्दा कम मत पाएकोमा यसपटक धेरै मत प्राप्त गर्ने बताए ।

‘यसअघि भएको निर्वाचनमा हाम्रो पार्टीलाई एक लाख भन्दा कम मत प्राप्त भएको थियो, हामीले पार्टीलाई चिनाउन सकेका थिएनौँ’, उनले भने, ‘यसपटक यहाँ भएको ३३-३४ लाख मतदाता मध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ ।’

नेता वाग्लेले रास्वपाले वर्तमान ७ प्रदेशको संरचनालाई नचलाउने तर, संघीयताभित्र भएको विकृतिलाई सच्याउने बताए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : ०४ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग