भियतनाममा कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेस सुरु « Khabarhub

भियतनाममा कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेस सुरु


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हनोई– भियतनामको सबैभन्दा महत्वपूर्ण राजनीतिक मञ्च, सत्तारूढ कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेस सोमबारदेखि राजधानी हनोईमा सुरु भएको छ। पाँच वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्ने र देशको राजनीतिक–आर्थिक नीतिको दिशा तय गर्ने यस सम्मेलनमा करिब १,५८८ प्रतिनिधि सहभागी भएका छन्।

काङ्ग्रेसले करिब २०० सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ र यसबाट १७–१९ सदस्य रहने शक्तिशाली पोलिटब्युरो गठन हुनेछ। मुख्य ध्यान सन् २०३१ सम्मको नेतृत्वमा र एकदलीय शासन प्रणालीले बदलिँदो वैश्विक तथा भू–राजनीतिक परिस्थितिसँग कसरी जुध्ने भन्नेमा केन्द्रित छ।

हालको महासचिव टो लामलाई पूर्ण पाँच वर्षे कार्यकालका लागि पुनः पुष्टि गरिने अनुमान छ। यदि उनले पार्टी प्रमुख र राष्ट्रपतिको भूमिकालाई एक व्यक्तिमा केन्द्रित गरे भने, भियतनाममा शक्ति केन्द्रित हुने र टो लाम दशकौँयताकै प्रभावशाली नेता बन्ने सम्भावना छ।

टो लामको नेतृत्वमा प्रशासनिक सुधार, पूर्वाधार विकास र भ्रष्टाचारविरुद्ध अभियान तीव्र बनाइएको छ। यसले पोलिटब्युरोमा उच्च तहका नेताहरूलाई समेत पदबाट हटाउने गरी शक्ति सन्तुलनमा महत्वपूर्ण परिवर्तन ल्याएको थियो।

काङ्ग्रेसमा आर्थिक नीतिको पनि विशेष चर्चा हुने अपेक्षा गरिएको छ। सन् २०२६–२०३० का लागि औसत वार्षिक १० प्रतिशत वा सोभन्दा बढी आर्थिक वृद्धि गर्ने लक्ष्य प्रस्तावित छ। उद्योग आधुनिकीकरण, विज्ञान, प्रविधि, डिजिटल अर्थतन्त्रमा लगानी, निजी क्षेत्रको प्रवर्द्धन र उच्च प्रविधिमा आधारित उत्पादन बढाउने नीति यस रणनीतिको केन्द्रमा रहेका छन्।

विदेश नीति र अन्तर्राष्ट्रिय एकीकरणलाई राष्ट्रिय सुरक्षासँगै महत्त्व दिइएको छ। द्रुत आर्थिक वृद्धिसँग बढ्दो वातावरणीय दबाबलाई मध्यनजर गर्दै आर्थिक, सामाजिक विकाससँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिइएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : ०६ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग