गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला « Khabarhub

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति गरेको छ।

माघ २ गते बसेको मन्त्रीपरिषदको बैठकले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौलालाई नियुक्त गर्ने निर्णय गरेको छ। डा. बसौला यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक थिए। 

यस नियुक्तिसँगै गण्डकी प्रदेश सचिव रहेका डा. विश्वबन्धु बंगालेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्थानान्तरण गरिएको छ।

त्यसैगरी, बैठकले मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. रामआधार यादवलाई नियुक्त गरेको छ। डा. यादव यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत थिए। मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा रहेका ओमप्रसाद अर्याललाई पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ।

यस निर्णयसँगै प्रदेशस्तरमा स्वास्थ्य प्रशासनमा नयाँ संरचना र जिम्मेवारीहरू कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : १६ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता