मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ « Khabarhub

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत २१ फागुनमा हुने निर्वाचन नलड्ने घोषणा गरेका हुन् । 

‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढांचाको राजनीति र जनप्रतिनिधित्व गर्न अहिलेकै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय गरेको छु,’ विश्वकर्माले भनेका छन् ।

उनले पार्टीका आधिकारिक उम्मेदवारलाई मन, वचन र कर्मले साथ समर्थन र सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

‘जो  रूख चुनाव चिह्नको आधिकारिक उम्मेदवार बन्नहुन्छ, उहाँलाई मन, वचन र कर्मले साथ समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली कांग्रेसका सबै उम्मेदवारहरूलाई विजयको शुभकामना व्यक्त गर्दछु,’ विश्वकर्माले भनेका छन् ।  

बदलिँदो राजनीतिक परिस्थितिमा विभाजित भएका पार्टीका नेता–कार्यकर्ताहरू एकै स्वर र एकै चुनाव चिह्न लिएर निर्वाचन क्षेत्रमा जाने वातावरण बनाउन गरिएको भगीरथ प्रयासले सकारात्मक लक्षण देखिन थालेको भन्दै उनले मनमा थोरै भए पनि खुसी छाएको बताएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : ५१ बजे

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा