मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ « Khabarhub

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत २१ फागुनमा हुने निर्वाचन नलड्ने घोषणा गरेका हुन् । 

‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढांचाको राजनीति र जनप्रतिनिधित्व गर्न अहिलेकै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय गरेको छु,’ विश्वकर्माले भनेका छन् ।

उनले पार्टीका आधिकारिक उम्मेदवारलाई मन, वचन र कर्मले साथ समर्थन र सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

‘जो  रूख चुनाव चिह्नको आधिकारिक उम्मेदवार बन्नहुन्छ, उहाँलाई मन, वचन र कर्मले साथ समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली कांग्रेसका सबै उम्मेदवारहरूलाई विजयको शुभकामना व्यक्त गर्दछु,’ विश्वकर्माले भनेका छन् ।  

बदलिँदो राजनीतिक परिस्थितिमा विभाजित भएका पार्टीका नेता–कार्यकर्ताहरू एकै स्वर र एकै चुनाव चिह्न लिएर निर्वाचन क्षेत्रमा जाने वातावरण बनाउन गरिएको भगीरथ प्रयासले सकारात्मक लक्षण देखिन थालेको भन्दै उनले मनमा थोरै भए पनि खुसी छाएको बताएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : ५१ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता