मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण « Khabarhub

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । हिमाली जिल्ला मनाङमा मतदाता थपिएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । 

विसं २०७९ मङ्सिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेकामा अहिले बढ्को प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । उनका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा २२१ मतदाता बढेको छ । 

महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमा मतदान गर्ने प्रमुख कुँवरले बताए । 

उनले भने, ‘सुरक्षा र मतदातालाई सहज बनाउने उद्देश्यले कारागारमा एउटा मतदान केन्द्र थप भएको छ ।’

नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
    
भौगोलिक दृष्टिले मनाङमा निर्वाचन जोखिमपूर्ण रहेको छ । यस समयमा पनि हिमपात हुनसक्ने र विकटतालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक नवराज पौड्यालले जानकारी दिए। 

“सडकसमेत नपुगेको र भौगोलिक विकटता रहेको नार्पाभूमिमा जोखिम रहेको छ । निर्वाचनको तयारी भने भइरहेको छ”, उनले भने। 

भौगोलिक रूपमा विकट, मौसमका हिसाबले संवेदनशील र पूर्वाधारको दृष्टिले चुनौतीपूर्ण मानिने यस जिल्लामा निर्वाचन सम्पन्न गर्नु आफैँमा एउटा ठूलो व्यवस्थापकीय काम हो । त्यसैले निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको छ ।  

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : २२ बजे

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्

राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल

काठमाडौं – पोखरामा १८ डी सिनेमा हलमा सञ्चालनमा आएको छ

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’