मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि « Khabarhub

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय आमाको तस्बिरमा हेरेर बालेन्द्र साहले देश बनाउन सक्ने भनेको बताएका छन् । सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो बताएका हुन् ।

‘जुन दिन बालेन जी र मेरो भेटघाट भयो, त्यो भेटघाट सकेर घर गएँ, भोलिपल्ट बिहान उठेर मैले हेरेँ, उज्यालो घाम लागेको थियो, मेरो घरमा मेरी स्वर्गीय आमाको तस्बिर छ, मैले मेरो आमाको तस्बिरसँग कुराकानी गरेँ’, उनले भने, ‘ त्यसदिन विहान जब मैले मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर भनेँ, मैले आमालाई भने आमा बालेनले देश चलाउँछ । बालेनले हाम्रो सपना पूरा गर्छ, यो भनाइको साक्षी मेरी श्रीमति छिन्, मैले उनलाई भनेर अँगालो हालेर आमालाई भने आमा बालेनले देश बनाउँछ, यो मेरो विश्वास हो ।’

उनले बालेनसँग भएको भेटमा बालेनले आफ्नो सपनाको बारेमा सोधेको पनि बताए । साथै, सो भेटमा आफूहरू सँगै हिँड्न सकिने कुरा पनि ५ मिनेटको छलफलबाट नै थाहा भएको पनि उनले बताए ।

‘कुराकानीको क्रममा बालेनजीले मलाई मेरो सपना सोध्नुभएको थियो, मैले आफ्नो सपना बताएको थिएँ, उहाँले आफ्नो सपना बताउनुभएको थियो, हामीले एक अर्काको सपना साझा गरेका थियौँ, भेट भएको ५ मिनेटमा नै हामीलाई थाहा थियो कि हामी सँगै हिँड्न सक्छौँ’, उनले भने ।

बाँकी लामो समयको छलफल एक अर्कालाई चिन्नका लागि भएको उनको भनाइ छ । साथै, उनले देश र जनताको हितका लागि आफूहरूको एकताको विकल्प नभएको पनि बताए । 

‘म रवि लामिछाने र बालेन साह बीचको वार्ता सकिएको हो, बाँकी त हामीले एक अर्कालाई चिन्नका लागि खर्च गरेका हौँ, जब देशको हितलाई केन्द्रमा राखिन्छ नि त्यतिखेर कुनै वार्ताको नाटक गरिरहनु पर्दैन, आफ्नो हितको लागि मात्रै हो वार्तै वार्ता हुने, हामी यो देशको हितको लागि र जनताको चाहना अनुसार एकै ठाउँमा आएका थियौँ किनकी यसको विकल्प छैन ।’

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : ५५ बजे

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा