रास्वपा कास्कीमा भाँडभैलो, क्षेत्र नम्बर २ का ११ मध्ये १० वडा कमिटी उम्मेदवारको विरोधमा उत्रिए « Khabarhub

रास्वपा कास्कीमा भाँडभैलो, क्षेत्र नम्बर २ का ११ मध्ये १० वडा कमिटी उम्मेदवारको विरोधमा उत्रिए


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

पोखरा- उम्मेदवारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की क्षेत्र नम्बर २ मा भाँडभैलो भएको छ। रास्वपा केन्द्रले उत्तमप्रसाद पौडेललाई अघि सारेपछि ‘हार्ने उम्मेदवार’ भन्दै उक्त क्षेत्रका ११ मध्ये १० वडा कमिटी विरोधमा उत्रिएका हुन् ।

रास्वपाका स्थानीय नेता कार्यकर्ताहरूले पार्टीले टिकट दिएका उत्तमप्रसाद पौडेलको विरोधमा उत्रिएका हुन्।

उनीहरूले पौडेल ‘हार्ने उम्मेदवार’ भएको दाबी गर्दै जित्न सक्ने व्यक्तिलाई टिकट दिनुपर्ने माग राखेका छन्।

कास्की क्षेत्र नम्बर २ मा रहेका जम्मा ११ वडामध्ये अधिकांशले उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाएका छन्।

रास्वपाका १६ जना स्थानीय नेताहरूले सोमबार पार्टी सभापति रवि लामिछानेलाई पत्र लेख्दै पौडेललाई उम्मेदवार स्वीकार गर्न नसकिने जानकारी गराएका छन्।

सभापतिलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘भूगोल चिनेको, जनतासँग परिचित र पार्टीलाई योगदान दिएको योग्य उम्मेदवार हुँदा-हुँदै आमपार्टी सदस्य तथा शुभचिन्तकको भावनाविपरीत असक्षम, अयोग्य र हार निश्चित भएको अपरिचित व्यक्ति छनोट गरिएको प्रति कास्की–२ को गम्भीर ध्यानाकर्षण भएको छ।’

उनीहरूले यस निर्णयको चर्को विरोध भइरहेको सभापति लामिछानेलाई अवगत गराएका छन्। पत्रमा अगाडि भनिएको छ, ‘यदि उम्मेदवारी खारेज नभएको खण्डमा कास्की–२ का ११ वडामध्ये अधिवेशन भएका १० वडाका सभापतिहरू तथा पार्टी सदस्यहरू पत्रकार सम्मेलनसहित विरोधमा उत्रने जानकारी गराउँदै, यथाशक्य निर्णय सच्याउन अनुरोध गर्दछौँ।’

सभापति लामिछानेलाई पठाइएको पत्रमा वडा सभापतिका साथै पोखरा महानगरपालिकाका सचिव नरेश रेग्मी र गण्डकी प्रदेश सदस्य गीता सुनारको पनि हस्ताक्षर छ।

रास्वपाका एक स्थानीय नेताका अनुसार पौडेलले कास्कीमा आफूलाई नमनाई अरूले राजनीति गर्न नसक्ने भन्दै धम्क्याउने गरेका छन् ।

कास्की–२ मा पौडेलसहित अशोक खड्का र योगेन्द्र केसी मुख्य दाबेदार थिए। खड्का केन्द्रीय प्रचार–प्रसार विभागमा छन् भने केसी प्रदेश अनुशासन विभाग प्रमुखका रूपमा कार्यरत थिए।

कास्कीबाट माधवप्रसाद कँडेलको नामसमेत सिफारिस भएको थियो। स्थानीय नेता तथा कार्यकर्ताहरूले भने खड्का वा केसीमध्ये एकलाई ’मेरिट’का आधारमा उम्मेदवार बनाउनुपर्ने अडान राख्दै आएका छन्।

रास्वपाले उम्मेदवार बनाएका पौडेल यसअघि पार्टीको कारबाहीमा समेत परेका व्यक्ति हुन्।

उनले पार्टीका कार्यकर्ताहरूलाई नियोजित रूपमा हतोत्साहित गर्ने क्रियाकलाप गरेको भन्दै जिल्ला समिति कास्कीले उनीमाथि कारबाही गरेको थियो।

कास्की जिल्ला सभापति यदुनाथ अधिकारीले पौडेललाई कारबाही गरिएको बारे प्रदेश सभापतिलाई औपचारिक जानकारी समेत गराएका थिए।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ०१ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग