झापाबाट ओलीको टिप्पणी : देशमा शान्ति सुरक्षा छैन, जेल फोड्नेको मुद्दा सरकारले फिर्ता लिँदैछ « Khabarhub

झापाबाट ओलीको टिप्पणी : देशमा शान्ति सुरक्षा छैन, जेल फोड्नेको मुद्दा सरकारले फिर्ता लिँदैछ


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दमक (झापा)- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको टिप्पणी गरेका छन् ।

सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले सरकार शान्ति सरक्षा कायम गर्नतिर अग्रसर नभएको बताए ।

देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको औंल्याउँदै अध्यक्ष ओलीले भने- ‘स्वयम् तपाईं पत्रकार नै सेल्फ सेन्सरसिप गर्नुपरेको छ । कसको पक्षमा लेखिदिने भन्ने छ । देशको प्रधानन्यायाधीशले समेत धम्की आएको छ भन्ने अवस्था छ । निर्वाचन अयोग त्रासादिमा छ । प्रहरीको मनोबल छैन । जनताले प्रहरीको बस्ने ठाँउ बनाइदिएका छन् । जेल फोड्ने क्रिमिनिल काम गर्नेको मुद्दा फिर्ता लिने काम भएको छ । यस्तो स्थितिमा शान्ति सुरक्षाको अवस्था नाजुक छ ।’

अध्यक्ष ओलीले झापाको एसपी फेरिएको सन्दर्भबारे पनि बोले । ‘म २५ वर्ष अघि गृहमन्त्री भएको हुँ । त्यो बेला यस्तो काम कहिल्यै गरिनँ । एसपीलबाट निष्पक्षता हुन्छ कि भन्ने डरले सरुवा गरिएको छ । यस्तो सबै दलले आ–आफ्नो पक्षबाट फेर्न माग गरे भने कसरी सुरक्षाकर्मीले काम गर्न सक्छन् ?’

झापाको मुहार फेर्ने गरी विकासको काम आफ्नो कार्यकालमै रहेको उनले बताए । प्रधानमन्त्रीबाट राजीनामा गरेपछि मंगलबार उम्मेदवारी दर्ताका लागि आफ्नो गृह क्षेत्र आएका अध्यक्ष ओलीले झापामा भएका विकास हेर्न र सही रिपोर्टिङ गर्न सबैलाई आग्रह गरे ।

‘हामीले यहाँबाट जनप्रतिनिधिका रुपमा गएपछि नदी नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्य सबै कामहरु भएका छन् । यस क्षेत्रमा विभिन्न दुर्गम ठाउँमा उद्यमी व्यावसायहरु भएका छन् । विशाल औद्योगिक क्षेत्र बनाउने तयारी छ । कृषिको आधुनिकीकरण, उद्योग बनाउँदै लाने अन्तिम तयारीमा छौं । यहाँको योजनाले धेरै रोजगारीको सृजना गर्नका लागि यान्त्रिकरण गरिरहेका छौं’, अध्यक्ष ओलीले भने ।

‘झापा जिल्लामा धेरै परिवर्तन भएका छन् । बाटाघाटाका हिसाबले भएका विकास हेर्न सँगसँगै घुमौं, हेरौं । झापामा घर पातला भए, बाटा बाक्लो भए । बाटा सफा छन् । हुनत फलानो उम्मेदवार आउने भयो भनेर बाटा सफा भयो भन्न पनि सक्छन्’, उनले भने, ‘आधारभूत विकासको काम भएका छन् । विकास निरन्तर हुने चिज हो । शिक्षाको हकमा उत्तरतिर भएको छ । दक्षिणतिर शिक्षामा बढी जोड् दिनुपर्छ ।’

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ११ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत