मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की « Khabarhub

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य भएको बताएकी छन् । 

सोनाम लोसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न सङ्घसंस्थाहरूले सोमबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको तामाङ सांस्कृतिक महोत्सवमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । सांस्कृतिक चाडपर्व, धार्मिक विविधता मुलुकको शक्ति र सम्पत्ति भएकाले यसप्रति गर्व गर्न सके राष्ट्रिय शक्ति बलियो बन्न सक्ने उनले बताइन् ।

उनले व्यक्तिगत स्वार्थभन्दा बृहत्तर हितलाई प्राथमिकता दिने संस्कार नेपालको सामाजिक जीवनको अभिन्न अंग भएको उल्लेख गरिन् । समाजको भलाइका लागि योगदान गर्ने समाजको आधारभूत मूल्यलाई राजनीतिक व्यवहारमा पनि वरण गर्न सक्नुपर्ने उनको भनाइ छ ।

उनले मुलुकको रैथाने ज्ञान सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको बताइन् ।  

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी सोमबार मनाइएको हो । 

मञ्जुश्री पात्रो अनुसार सोमबारदेखि २८६२ औँ वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : २३ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि