दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस ट्रकसँग ठोक्किएर दुर्घटना हँदा  मिनी बसमा सवार १२ जना विद्यार्थीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना जोहानेसबर्गबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको औद्योगिक सहर भ्यान्डरबिजलपार्क नजिकै भएको हो । मिनीबसका चालकले अन्य सवारी साधनलाई ओभरटेक गर्ने प्रयास गर्दा नियन्त्रण गुमाएर  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एघार जना विद्यार्थीको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको प्रान्तीय शिक्षा मन्त्री माटोम चिलोनेले पत्रकारहरूलाई बताउनु भएको छ । 

उनले संलग्न बच्चाहरूको उमेर थाहा नभएको तर उनीहरू प्राथमिक विद्यालयका भएको उल्लेख गरेका छन् । 

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूले बिचलित आमा ( बाबु प्रहरी परिसरको पछाडि भेला भएको सडक किनारमा कुचलिएको मिनीबस देखाइएको छ ।   

यातायात मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सन् २०२५ मा दक्षिण अफ्रिकाकोमा सडक दुर्घटनामा ११ हजार ४०० भन्दा बढीको ज्यान गएको थियो ।
अक्टोबरमा क्वाजुलु–नातालको राजमार्गमा मिनीबसले नियन्त्रण गुमाएर पल्टिँदा १८ जना बालबालिका घाइते भएका थिए ।

सेप्टेम्बरमा क्वाजुलु–नाताल सहरमा एउटा स्कुलको मिनीबस एउटा क्रेचमा ठोक्किँदा कम्तीमा पाँच जना विद्यार्थीहरूको मृत्यु भएको थियो भने अन्य आठ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : २० बजे

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र