धमाधम कांग्रेसको टिकट बाँड्दै गगन, कस-कसले पाए उम्मेदवारी पत्र ? « Khabarhub

धमाधम कांग्रेसको टिकट बाँड्दै गगन, कस-कसले पाए उम्मेदवारी पत्र ?


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।

उनले पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका उम्मेदवारलाई टिकट दिइरहेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।

कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् ।

थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

कहाँ कहाँ पुग्यो टिकट ?

गगनले अछाम क्षेत्र नम्बर १ का लागि पूर्वजिल्ला सभापति भरतकुमार स्वाँरलाई टिकट दिएका छन् । अछाम क्षेत्र नम्बर २ का लागि जिल्ला सभापति पुष्पबहादुर शाहले टिकट पाएका छन् । अछाम १ मा नेकपाका भीम रावल र नेकपा एमालेका दीपक साउद तरंग उम्मेदवार छन् ।

अछाम-२ मा उम्मेदवार बनेका पुष्पबहादुर शाहले बालेन्द्र साहका सहयोगी भूपदेव शाहसँग प्रतिस्पर्धा गर्दैछन् ।

बाजुराका लागि कांग्रेसले जनक गिरीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। उनले २०५६ सालमा एमालेका कर्ण थापालाई पराजित गरेका थिए ।

उनी भूमि सुधार सहायक मन्त्री पनि भए । कांग्रेसको विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएका छन्। उनले अब एमालेका लालबहादुर थापा र नेकपाका प्रकाश शाहसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

गगतले उता प्युठानका लागि डा. शेखर कोइरालानिकट डा. गोविन्दराज पोखरेललाई टिकट दिएका छन् । अर्थविद् पोखरेल योजना आयोगको पूर्वउपाध्यक्ष हुन् । उनले एमालेका सूर्यबहादुर थापा क्षत्रीसँग प्रतिस्पर्धा गर्नेछन् ।

सल्यानका लागि जिल्ला सभापति केशबहादुर विष्टलाई टिकट दिइएको छ । उता पूर्वीपहाडी जिल्ला भोजपुरका लागि बालकृष्ण थापाले टिकट पाएका छन् ।

शेखर समूहका उनी हालै मात्र गगनतिर खुलेका हुन् । उनले एमालेका शेरधन राई, नेकपाका अजम्बर काङमाङ राई र श्रमसंस्कृतिका ध्रुवराज राईसँग प्रतिस्पर्धा गर्नेछन् ।

उता रुकुम पूर्वका लागि कांग्रेसले निर्वमान सांसद कुसुम थापामगरलाई उम्मेदवार बनाएको छ। उनले अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिड्नेछिन् ।

थापा २०७९ मा समानुपातिक तर्फबाट प्रतिनिधि सभाकी सदस्य बनेकी थिइन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ३४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र