ईश्‍वर पोखरेल काठमाडौं ५ बाट उठ्ने, ओलीले दिए टिकट « Khabarhub

ईश्‍वर पोखरेल काठमाडौं ५ बाट उठ्ने, ओलीले दिए टिकट


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको टिकट दिएका छन्।

एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिने अधिकांश नेताहरूलाई ठेगान लगाएको अवस्थामा पोखरेललाई भने अन्तिम समयमा टिकट दिएका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट पोखरेलले टिकट पाएको पुष्टि एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले गरेका छन् ।

पोखरेलले टिकट पाएको बताउँदै मंगलबार दिउँसो १ बजे दाहालगौँडामा भेला भएर दिउँसो २ बजे मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने तयारी भएको निरौलाले बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ५ गत पुस २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्ववरिष्ठ उपाध्यक्ष पोखरेलको नाम एकल सिफारिस गरेको थियो ।

तर ओलीले दुई दिनअघि नाम तय गर्दा काठमाडौं ५ लाई होल्डमा राखेका थिए । काठमाडौं- ५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको उनको गृह क्षेत्र हो ।

ओलीले यसअघि पोखरेल समूहबाट एघारौँ महाधिवेशनमा उठेर विजयी गोकर्ण विष्टलाई मात्रै टिकट दिएका थिए ।

ओलीले पोखरेल प्यानलबाट उठेका योगेश भट्टराई, कर्णबहादुर थापा, गोकुल बास्कोटा, ठाकुर गैरे, झपट रावल, सुरेन्द्र पाण्डेसहितलाई टिकट दिएनन् । त्यस्तै हिजोका समयमा माधव नेपाल समूहमा रहेका विष्णु रिजाल र निरज आचार्यलाई पनि ओलीले बदला लिए ।

काठमाडौं ५ मा २०७९ को निर्वाचनमा भने पोखरेल कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए ।

काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल  १५ हजार २३७ मत ल्याएर विजयी हुँदा पोखरेलले १० हजार १७२ मत पाएका थिए । त्यसबेला ५ हजार  ६५ मत अन्तरले पोखरेल पराजित भए ।


प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ४२ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव