ईश्‍वर पोखरेल काठमाडौं ५ बाट उठ्ने, ओलीले दिए टिकट « Khabarhub

ईश्‍वर पोखरेल काठमाडौं ५ बाट उठ्ने, ओलीले दिए टिकट


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको टिकट दिएका छन्।

एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिने अधिकांश नेताहरूलाई ठेगान लगाएको अवस्थामा पोखरेललाई भने अन्तिम समयमा टिकट दिएका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट पोखरेलले टिकट पाएको पुष्टि एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले गरेका छन् ।

पोखरेलले टिकट पाएको बताउँदै मंगलबार दिउँसो १ बजे दाहालगौँडामा भेला भएर दिउँसो २ बजे मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने तयारी भएको निरौलाले बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ५ गत पुस २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्ववरिष्ठ उपाध्यक्ष पोखरेलको नाम एकल सिफारिस गरेको थियो ।

तर ओलीले दुई दिनअघि नाम तय गर्दा काठमाडौं ५ लाई होल्डमा राखेका थिए । काठमाडौं- ५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको उनको गृह क्षेत्र हो ।

ओलीले यसअघि पोखरेल समूहबाट एघारौँ महाधिवेशनमा उठेर विजयी गोकर्ण विष्टलाई मात्रै टिकट दिएका थिए ।

ओलीले पोखरेल प्यानलबाट उठेका योगेश भट्टराई, कर्णबहादुर थापा, गोकुल बास्कोटा, ठाकुर गैरे, झपट रावल, सुरेन्द्र पाण्डेसहितलाई टिकट दिएनन् । त्यस्तै हिजोका समयमा माधव नेपाल समूहमा रहेका विष्णु रिजाल र निरज आचार्यलाई पनि ओलीले बदला लिए ।

काठमाडौं ५ मा २०७९ को निर्वाचनमा भने पोखरेल कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए ।

काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल  १५ हजार २३७ मत ल्याएर विजयी हुँदा पोखरेलले १० हजार १७२ मत पाएका थिए । त्यसबेला ५ हजार  ६५ मत अन्तरले पोखरेल पराजित भए ।


प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ४२ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग