तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने « Khabarhub

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र नम्बर ३ बाटै उठ्ने गरी टिकट पाएकी छन् । २०७९ सालको आमनिर्वाचनमा जितेकै ललितपुर क्षेत्र नम्बर ३ को टिकट उनले पाएकी हुन् ।

फागुन २१ मा हुन लागेको निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुन लाग्दा उनले सोमबार टिकट हात पारेकी हुन् ।

रास्वपाले २०७९ को निर्वाचनमा विजयीहरूलाई पुरानै क्षेत्रमा उम्मेदवार बनाउने नीतिअनुसार ललितपुर ३ मा कार्कीलाई उम्मेदवार बनाएको हो ।

ललितपुर-३ बाट निर्वाचित कार्की स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री पनि बनेकी थिइन् । उनले २०७९ सालमा नेकपा एमालेका अमृत भट्टराईलाई हराएकी थिइन् । त्यहाँ नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी थिइन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ५६ बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा