तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने « Khabarhub

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र नम्बर ३ बाटै उठ्ने गरी टिकट पाएकी छन् । २०७९ सालको आमनिर्वाचनमा जितेकै ललितपुर क्षेत्र नम्बर ३ को टिकट उनले पाएकी हुन् ।

फागुन २१ मा हुन लागेको निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुन लाग्दा उनले सोमबार टिकट हात पारेकी हुन् ।

रास्वपाले २०७९ को निर्वाचनमा विजयीहरूलाई पुरानै क्षेत्रमा उम्मेदवार बनाउने नीतिअनुसार ललितपुर ३ मा कार्कीलाई उम्मेदवार बनाएको हो ।

ललितपुर-३ बाट निर्वाचित कार्की स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री पनि बनेकी थिइन् । उनले २०७९ सालमा नेकपा एमालेका अमृत भट्टराईलाई हराएकी थिइन् । त्यहाँ नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी थिइन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ५६ बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११