अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य एक दर्जनभन्दा बढी घाइते भएको एक गैरसरकारी संस्थाले जानकारी दिएको छ ।

शार–ए–नव क्षेत्रमा फूल बेच्ने व्यक्तिहरूका लागि परिचित सडकमा विस्फोट भएपछि आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका देखिएका एएफपीका एक पत्रकारले बताएका छन् ।

अफगानिस्तानमा इमर्जेन्सी स्वास्थ्य सेवा दिइरहेको इटालीको एक गैरसरकारी संस्थाले आफ्नो अस्पतालमा उपचारका क्रममा सात जनाको मृत्यु भएको जनाएको छ भने अन्य १३ जनालाई शल्यक्रिया विभागमा भर्ना गरिएको छ ।

“घाइतेहरूमा चार महिला र एक बच्चा पनि छन्,” एनजीओका राष्ट्रिय निर्देशक डेजान प्यानिकले एक विज्ञप्ति जारी गरी जानकारी गराएका छन् । एक फूल पसलका मालिकले सुरक्षाको कारण नाम नबताउने शर्तमा भने, “विस्फोट दिउँसो ३ः३० बजे आफ्नो अगाडि सडकको अर्को छेउमा भएको थियो।”

उनले भीडभाड भएको क्षेत्रमा विस्फोटको ‘कडा आवाज’ सुनेको एएफपीसँग बताएका छन्। उनले भने, “यो एक आपतकालीन अवस्था थियो। सबैलाई आफ्नो ज्यानको डर थियो, त्यसैले सबैले ज्यान जोगाएर भागे। मैले कम्तिमा पाँच जना सख्त घाइते भएको देखेको थिएँ।

काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले विस्फोटको कारण खुलिनसकेको तर अनुसन्धान भइरहेको बताए । यस क्षेत्रमा रहेका धेरै रेस्टुरेन्टहरूलाई प्रहरीले घेरा हाली अनुसन्धान गरिरहेको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले एक रेष्टुरेन्टका कर्मचारीलाई उद्धृत गर्दै विस्फोटमा परी दुई जना चिनियाँ नागरिक गम्भीर घाइते भएको जनाएको छ । आक्रमणमा परी एक जना अफगानी सुरक्षा गार्डको मृत्यु भएको र रेष्टुरेन्टमा गम्भीर क्षति पुगेको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : ३१ बजे

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।