यी हुन् विश्वकपको सुपर आठ पुग्ने टिम : कस्तो छ खेल तालिका ? « Khabarhub

यी हुन् विश्वकपको सुपर आठ पुग्ने टिम : कस्तो छ खेल तालिका ?


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने आठ टिमको टुंगो लागेको छ । समूह चरणका केही खेल बाँकी हुँदै सुपर आठको समीकरण पूरा भएको हो । भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर आठ प्रवेश गरेका हुन् । अस्ट्रेलियालाई पाखा लगाउँदै विश्वपमा जिम्बावे फेरि उदाएको हो । अस्ट्रेलियालाई पाखा लगाएर सुपर आठका खेल हुँदै गर्दा यो विश्वकप विशेष बन्दैछ ।

चार वटा समूह चरणको प्रतिस्पर्धामा अब्बल देखिएका दुईदुई टिम सुपर आठ प्रवेश गरेका हुन् । समूह ‘ए’ का पाँच देशले सबै खेल खेलिसकेका छन्। यो समूहबाट भारत र पाकिस्तान अघिल्लो चरण प्रवेश गर्दा अमेरिका, नेदरल्याण्ड्स र नामिबिया बाहिरिएका छन् ।

यो समूहबाट अमेरिकाले दुई खेल र नेदरल्याण्ड्सले एक खेल जित्दा नामिबिया अंकबिहीन हुँदै बाहिरिएको हो।

समूह ‘बी’बाट श्रीलंका र जिम्बावे सुपर आठ पुगेका छन् । समूह चरणको अन्तिम खेलमा भने यी दुवै टोलीले एक अर्काविरूद्ध बिहीबार खेल्दैछन् ।

यो समूहबाट आयरल्याण्ड, अस्ट्रेलिया र ओमान बाहिरिएका छन् । विश्व विजेता अस्ट्रेलिया यो सिजन समूह चरणबाटै बाहिरिएको हो । जिम्बावेसँगको खेलमा पराजित हुनु अस्ट्रेलियाका लागि महंगो बनेको हो ।

विश्वकपमा नेपालसमेत सहभागी भएको समूह ‘सी’ बाट वेस्ट इण्डिज र इंग्ल्याण्ड सुपर आठ प्रवेश गरेका छन् । यो समूहबाट नेपाल, इटाली र स्कटल्यान्ड बाहिरिएका छन् । सुपर आठ प्रवेश गरिसकेको वेस्ट इण्डिजले अन्तिम खेलमा बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकपको समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर आठमा पुगिसेका छन् । यो समूहबाट अफगानिस्तान, यूएई र क्यानडा बाहिरिएका छन् ।

विश्वकपमा सुपर आठका खेल शनिबारदेखि हुँदैछन् । सुपर आठको समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र जिम्बावेले प्रतिस्पर्धा गर्नेछन् भने समूह–२ मा इंग्ल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका भिड्नेछन् ।

समूहका प्रत्येकले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यसरी प्रतिस्पर्धा गर्दा समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सुपर आठको पहिलो खेलमा पाकिस्तानले शनिबार न्युजिल्यान्डको सामना गर्दैछ ।
यस्तो छ सुपर आठको तालिका

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ८ : ५३ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन