यी हुन् विश्वकपको सुपर आठ पुग्ने टिम : कस्तो छ खेल तालिका ? « Khabarhub

यी हुन् विश्वकपको सुपर आठ पुग्ने टिम : कस्तो छ खेल तालिका ?


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने आठ टिमको टुंगो लागेको छ । समूह चरणका केही खेल बाँकी हुँदै सुपर आठको समीकरण पूरा भएको हो । भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर आठ प्रवेश गरेका हुन् । अस्ट्रेलियालाई पाखा लगाउँदै विश्वपमा जिम्बावे फेरि उदाएको हो । अस्ट्रेलियालाई पाखा लगाएर सुपर आठका खेल हुँदै गर्दा यो विश्वकप विशेष बन्दैछ ।

चार वटा समूह चरणको प्रतिस्पर्धामा अब्बल देखिएका दुईदुई टिम सुपर आठ प्रवेश गरेका हुन् । समूह ‘ए’ का पाँच देशले सबै खेल खेलिसकेका छन्। यो समूहबाट भारत र पाकिस्तान अघिल्लो चरण प्रवेश गर्दा अमेरिका, नेदरल्याण्ड्स र नामिबिया बाहिरिएका छन् ।

यो समूहबाट अमेरिकाले दुई खेल र नेदरल्याण्ड्सले एक खेल जित्दा नामिबिया अंकबिहीन हुँदै बाहिरिएको हो।

समूह ‘बी’बाट श्रीलंका र जिम्बावे सुपर आठ पुगेका छन् । समूह चरणको अन्तिम खेलमा भने यी दुवै टोलीले एक अर्काविरूद्ध बिहीबार खेल्दैछन् ।

यो समूहबाट आयरल्याण्ड, अस्ट्रेलिया र ओमान बाहिरिएका छन् । विश्व विजेता अस्ट्रेलिया यो सिजन समूह चरणबाटै बाहिरिएको हो । जिम्बावेसँगको खेलमा पराजित हुनु अस्ट्रेलियाका लागि महंगो बनेको हो ।

विश्वकपमा नेपालसमेत सहभागी भएको समूह ‘सी’ बाट वेस्ट इण्डिज र इंग्ल्याण्ड सुपर आठ प्रवेश गरेका छन् । यो समूहबाट नेपाल, इटाली र स्कटल्यान्ड बाहिरिएका छन् । सुपर आठ प्रवेश गरिसकेको वेस्ट इण्डिजले अन्तिम खेलमा बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकपको समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर आठमा पुगिसेका छन् । यो समूहबाट अफगानिस्तान, यूएई र क्यानडा बाहिरिएका छन् ।

विश्वकपमा सुपर आठका खेल शनिबारदेखि हुँदैछन् । सुपर आठको समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र जिम्बावेले प्रतिस्पर्धा गर्नेछन् भने समूह–२ मा इंग्ल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका भिड्नेछन् ।

समूहका प्रत्येकले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यसरी प्रतिस्पर्धा गर्दा समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सुपर आठको पहिलो खेलमा पाकिस्तानले शनिबार न्युजिल्यान्डको सामना गर्दैछ ।
यस्तो छ सुपर आठको तालिका

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ८ : ५३ बजे

उजुरी परेपछि रास्वपाको निर्वाचन प्रक्रिया स्थगित, विभिन्न स्थानको अधिवेशन रोक्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले आन्तरिक

नेप्से परिसूचक २२.२१ अंकले उकालो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने

संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भएको

विपक्षीको नाराबाजीबीच संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं– विपक्षी दलहरूले वेलमा नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको

सभापति लामिछानेले आजै भारतीय गृहमन्त्री शाहसँग भेट गर्दै

काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने