राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान « Khabarhub

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन र २०६२–६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्रा फागुन ७ कै क्रान्तिको निरन्तरता भएको बताएका छन् ।

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले २००७ सालको ऐतिहासिक जनक्रान्तिले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको स्मरण गरेका छन् ।

उनले २००७ साल कात्तिक २६ देखि सुरु भएको जनक्रान्तिले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा समेत अग्रगामी मार्ग प्रशस्त गरेको उल्लेख गरेका छन् । 

मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ देशले साहसी कदम चालेको उल्लेख गर्दै उनले प्रजातन्त्रले राष्ट्रियता, नागरिक अधिकार र जनसहभागिताको बलियो आधार निर्माण गरेको बताएका छन् ।

सभापति थापाले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत स्थायित्व प्रदान गर्दै देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सके मात्रै शहीदहरूप्रति सच्चा सम्मान हुने उनको भनाइ छ ।

थापाले लोकतान्त्रिक मूल्य र आदर्शको रक्षा गर्दै राष्ट्र निर्माणमा एकजुट हुन सबैलाई आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १० : ३२ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)