सरकारले सुशासन र पारदर्शितालाई व्यवहारमा रूपान्तरण गर्दैछ : प्रधानमन्त्री « Khabarhub

सरकारले सुशासन र पारदर्शितालाई व्यवहारमा रूपान्तरण गर्दैछ : प्रधानमन्त्री


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा पूरै ऊर्जा लगाएको बताएकी छन् । 

प्रजातन्त्र दिवसका अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सबैको सामूहिक प्रयासबाट तोकिएकै मितिमा र भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको समेत बताइन् ।

आगामी निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने उनले विश्वास व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले लोकतन्त्र केवल प्रक्रिया मात्र नभएको उल्लेख गर्दै यसले नतिजा दिनुपर्नेमा जोड दिइन् । 

वर्तमान सरकारले जेन-जी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको जनाउँदै प्रधानमन्त्री कार्कीले सुशासन, पारदर्शिता, समन्याय र जबाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा सरकारका प्रयास अभिमुख भइरहेको स्पष्ट पारिन् ।

उनले एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहने, स्रोत–साधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पजनी चलाइरहने सिलसिलाको अन्त्य नसकेका कारण नागरिकहरूमा असन्तोष पैदा भएको धारणा राखिन् । 

उनले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगर्ने, बरु सुधारको अवसरका रूपमा ग्रहण गर्ने बताइन् । प्रधानमन्त्री कार्कीले युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भएकाले सन्तोषलाई दबाएर नभई, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्ने धारणा राखिन् ।

विभिन्न आन्दोलनका वीर योद्धाहरूले देखेका समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्नका निम्ति हातेमालो गरी सबै एकजुट हुन उनले अपिल गरिन् । 
 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : १३ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा