चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग « Khabarhub

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरूलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ । 

चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी तुँदी पावरले तीन वटा विद्यालय र वडा कार्यालयलाई छ थान स्मार्ट बोर्ड सहयोग गरेको हो । 

जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत विनियोजन भएको १० लाख ८० हजार रुपैयाँ बजेटबाट स्मार्ट बोर्ड उपलब्ध गराइएको रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले जानकारी दिए । 

उनका अनुसार अमर मावि चिमखोलालाई तीन, वडा कार्यालय, सिद्ध र चिमखोला आधारभूत विद्यालयमा एक/एक थान ६५ इञ्चको स्मार्ट बोर्ड सहयोग प्राप्त भएको हो ।

विद्यालयमा प्रबिधीमैत्री पठनपाठन र वडा कार्यालयमा हुने तालिम, बैठकमा प्रस्तुतिका लागि प्रोजेक्टरको विकल्पमा स्मार्ट बोर्ड प्रयोग गरिने वडा अध्यक्ष पाइजाले बताए  । 

विद्यालयको कक्षा कोठाको भित्तामा ‘स्मार्ट टिभी’ र ‘बोर्ड’ राखिएको छ । इन्टरनेटमा सन्दर्भ सामग्री खोजेर पढाउन थालिएको अमर माविका प्रअ खबहादुर थापाले बताए । विद्यार्थीमा सिकाई उपलब्धि बढाउन र शिक्षकहरुलाई सिर्जनशिल तथा प्रबिधीमैत्री बनाउन यस्तो अभ्यास गरिएको हो । 

सूचना प्रविधिको प्रयोग गरेर पठनपाठन गराउन विद्यार्थीले अध्ययनमा रुचि देखाउने र सिकाई उपलब्धि वृद्धि हुने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : २२ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा