पूर्वाधारमा एमालेले चारवटा रेल मार्गसँगै अन्तर्देशीय जलमार्ग विस्तार गर्ने  « Khabarhub

पूर्वाधारमा एमालेले चारवटा रेल मार्गसँगै अन्तर्देशीय जलमार्ग विस्तार गर्ने 


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले देशभित्र र अन्तर्देशीय गरी ६ वटा रेल मार्ग निर्माण गर्ने लक्ष्य राखेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको चुनावी घोषणापत्र उक्त कुरा उल्लेख गरिएको हो । 

सुरक्षित यातायात, आधुनिक पूर्वाधार दिगो विकास, समृद्धिको आधार भन्ने नाराका साथ एमालेले उक्त योजना अघि सार्ने उल्लेख गरेको हो । 

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आगामी एक दशकभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिनेछौँ, वीरगन्ज–काठमाडौं, केरुङ–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणका लागि पूर्वाधार तयारीको कार्य अघि बढाउनेछौँ । नेपाल–भारत अन्तर्देशीय रेल मार्ग निर्माणको कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कार्यान्वयन गर्नेछौं,’ पत्रमा उल्लेख छ । 

विद्युतीय रेल मात्रै होइन, शहरी क्षेत्रमा सवारीको चाप व्यवस्थापन गर्न मेट्रोरेल, मोनोरेल सञ्चालनमा समेत एमालेको योजना छ । तथापि काठमाडौं उपत्यकामा मेट्रोरेल, मोनोरेल सञ्चालन गर्नेबारे एमालेकै विद्यासुन्दर शाक्य काठमाडौं उपत्यकाको प्रमुख हुँदा सम्भाव्यता अध्ययन समेत गरिसकेको छ । तर त्यसपछि पनि पटक–पटक ओली आफै प्रधानमन्त्री बन्दा समेत कार्यान्वयनमा कुनै पहल गरेन । 

‘शहरी क्षेत्रमा सवारीको चाप व्यवस्थापन गर्न मेट्रोरेल, मोनोरेल, पडवे, फाष्ट ट्रयाक तथा धेरै यात्रु बोक्ने बस सेवा सञ्चालन गर्नेछौँ । सार्वजनिक यातायातको पुनर्संरचना गरी ठूला शहरमा विद्युतीय बस सेवा विस्तार गर्नेछौँ,’ घोषणापत्रमा उल्लेख छ । 

अन्तर्राष्ट्रिय विमानस्थललाई थप मजबुद बनाउँदै प्रमुख आन्तरिक विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालन गर्ने बताइएको छ । तथापि पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल उद्घाटनको झण्डै ३ वर्ष बितिसक्दा पनि सुचारु हुन सकेका छैनन् । भने केही आन्तरिक विमानस्थल समेत ठप्प छन् । 

भारत र चीनसंग अन्तर्देशीय जलमार्ग विस्तार गर्दै अन्तर्राष्ट्रिय व्यापारमा जलमार्गको पहुँच पुर्‍याउने लक्ष्य समेत घोषणापत्रमा समेटिएको छ । 

‘राजमार्ग, रेलमार्ग, जलमार्ग र विमानस्थललाई एक अर्कासँग आबद्ध गर्नेगरी एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टमको विकास गर्नेछौँ,’ घोषणापत्रमा उल्लेख छ । 

काठमाडौँ–तराई जोड्ने द्रुतमार्गको निर्माण निर्धारित समयभित्र सम्पन्न गर्दै पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने एमालेको लक्ष्य छ ।

यस्तै मध्यपहाडी, हुलाकी राजमार्ग लगायत गौरवका आयोजनाका रुपमा विस्तार भइरहेका सडकलार्य विशेष रुपमा विकास गर्ने बताइएको छ ।

‘राष्ट्रको लाइफलाइन मानिने सडक पूर्वाधारको गुरुयोजना तयार गरी मध्यपहाडी–पुष्पलाल) राजमार्गलाई डेडिकेटेड डबल लेनको स्तरमा निर्माण गर्नेछौँ । मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गलाई रणनीतिक राजमार्गको रूपमा विकास गर्नेछौँ । कोशी, गण्डकी र कर्णाली करिडोरलाई आर्थिक समृद्धिका मेरुदण्डको राजमार्गका रूपमा विकास गर्नेछौँ,’ घोषणापत्रमा उल्लेख छ । 

देशभरिका ७ सय ५३ वटै पालिकामा बाह्रै महिना चल्ने एक सडक निर्माण गर्ने एमालेको दाबी छ । 

‘सबै गाउँपालिका, जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गमा जोड्नेछौं,अब बन्ने सडक कम्तिमा डबल लेनको बनाउँदै सिंगल लेनमा बनिसकेका सबै सडक डबल लेनमा स्तरोन्नति गर्नेछौँ,’ पत्रमा उल्लेख छ । 

क्षेत्रमा बस्ने व्यक्तिले औसत आधा घण्टा हिँडेर सडक सुविधाको सञ्जाल निर्माण गर्ने एमालेको योजना छ । जोखिमयुक्त सडक क्षेत्रमा सीसी क्यामरा जडान गर्ने र निश्चित दूरीमा ट्रमा सेन्टर निर्माण गर्ने जनाइएको छ । 

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै सूचना प्रविधिमा आधारित एकीकृत र विद्युतीय भाडा प्रणाली विकास गर्ने बताइएको छ । 

लामो दूरीका सवारी साधनहरू निश्चित अन्तरालमा २४ सै घण्टा उपलब्ध हुने व्यवस्था मिलाउनेछौँ । जबकि देशकै सर्वोच्च निकाय भएको राजधानीमा समेत साँझ हुनेवित्तिकै सार्वजनिक सवारी सडकमा देखिँदैनन् । 

शहरी क्षेत्रका सार्वजनिक यातायातका रुट व्यवस्थित गरी दश मिनेटको दूरीमा सार्वजनिक यातायातको पहुँच सुनिश्चित हुने व्यवस्था गर्ने जनाइएको छ । शहरी क्षेत्रमा पैदलयात्रीको सुरक्षाका लागि सडक पेटीको उपयुक्त प्रबन्ध गर्नेछौँ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  २ : ५३ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन