राजनीतिक स्थिरताका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा « Khabarhub

राजनीतिक स्थिरताका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता, नयाँ पुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न परिपक्व नेतृत्व आवश्यक रहेको बताएका छन् । 

आज धरानमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उनले वर्तमान परिस्थितिमा जिम्मेवार र अनुभवी राजनीतिक दलले देशको नेतृत्व गर्नुपर्ने धारणा राखे। 

उपसभापति शर्माले ‘जेन-जी’ आन्दोलनलाई नयाँ पुस्ताको चेतना, अपेक्षा र असन्तुष्टिको संकेतका रूपमा उल्लेख गर्दै त्यसको सूक्ष्म अध्ययन आवश्यक रहेको बताए । समस्याको मूल कारण पहिचान गरी समयमै समाधान गर्न नसके भविष्यमा अझ अर्को विद्रोह हुन सक्ने उनको भनाई थियो ।

उनले भने, ‘यस्तो बेला अनुभवहीनको हातमा नेतृत्व सुम्पिनु भन्दा परिपक्व राजनीतिक शक्तिले जिम्मेवारी लिनु जरुरी छ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ३ : २० बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व