सुर्खेतमा बालेनको भाषण : डोल्पाको यार्सागुम्बा विश्वभर पुग्दा, जुम्लाको मार्सी र स्याउ चितवन पनि पुगेन « Khabarhub

सुर्खेतमा बालेनको भाषण : डोल्पाको यार्सागुम्बा विश्वभर पुग्दा, जुम्लाको मार्सी र स्याउ चितवन पनि पुगेन


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले कर्णालीको सभ्यतालाई आफूहरूले जोगाउने बताएका छन् ।

फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशबाट वाचा पत्र सार्वजनिकी कार्यक्रमलाई सम्बोधनका क्रममा उनले बिहीबार यस्तो बताएका हुन् ।

सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह र उपसभापति डा. स्वर्णिम वाग्लेसहितले वाचा पत्र सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा वाचा पत्र पनि सार्वजनिक गरे ।

त्यही कार्यक्रममा उनले डोल्पादेखि जुम्लासम्मलाई सम्झिन भ्याए । उनले डोल्पाको यार्सागुम्बा विश्वभर पुगे पनि मार्सी चामल र स्याउ चितवन पनि नपुगेको बताए ।

‘डोल्पाको सुन जस्तो मानिने यार्सा गुम्बा विश्वभर पुग्न सक्छ। तर जुम्लाको स्याउ र मार्सीधान चितवन पुग्न सक्दैन’, उनले भने, ‘सिञ्जा भ्याली नेपाली भाषा र खसको उद्गम थलो । यहाँ आफ्नै जात्रा, चित्र र भाषा छ । त्यो जोगाउने पार्टी बन्न सक्छ रास्वपा। कर्णालीको सभ्यतालाई हामी जोगाउन चाहन्छौँ ।’

उनले अझै पनि देश र कर्णालीमा भोकमरी रहेको बताए । ‘कर्णालीमा महिला र बालबालिकाको मृत्युदर बढ्दो छ’, उनले भने, ‘कर्णालीको गरिबी र भोकमरी बेच्ने नेता आए हामी अझै पनि गरिब हुन्छौँ । त्यसैले गरिबी बुझ्ने नेतालाई पठाउनुस् ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ३ : २५ बजे

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ