बालेनलाई वर्षमानको कटाक्ष : ‘काठमाडौंमा सुकुम्बासी हटाउने, झापामा समर्थन गर्ने राजनीति घातक’ « Khabarhub

बालेनलाई वर्षमानको कटाक्ष : ‘काठमाडौंमा सुकुम्बासी हटाउने, झापामा समर्थन गर्ने राजनीति घातक’


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन (अनन्त) ले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने तर्क गरेका छन् । 

गृह जिल्ला रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका हुन् । 

कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिड्नेहरूले देशको नेतृत्व लिन नसक्ने भनाइ उनको छ । काठमाडौंमा सङ्घीयताको विरोध गर्ने र जनकपुर पुगेर सङ्घीयता चाहिन्छ भन्ने तथा काठमाडौंबाट सुकुम्बासीलाई लखेटेर झापामा पुगेपछि सुकुम्बासीको पक्षमा काम गर्छु भन्नेजस्ता असंगत अभिव्यक्ति दिनेहरूबाट कुनै आशा गर्न नसकिने तर्क पुनले गरे । उनले आफूलाई नयाँ भन्ने राजनीतिक दललाई आफ्नो बिचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न आग्रह गरे । 

‘काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर गएपछि संघीयता चाहिन्छ भन्ने । काठमाडौंमा सुकुम्बासी, ठेलागाडामा व्यापार गर्नेहरू र कवाडीको काम गर्नेलाई खेद्‌ने अनि झापा झरेपछि सुकुम्बासीको पक्षमा छौं भन्ने’,पुनले भने, ‘जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने ‘पपुलिष्ट’ राजनीति घातक छ । ‘हामी नयाँ हौं भन्ने साथीहरुलाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न म आग्रह गर्न चाहन्छु ।’ 

उनको भनाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उक्त दलले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन्द्र शाह (बालेन) प्रति लक्षित भए पनि कसैको नाम भने लिएनन् । 

यद्यपि वर्तमान संघीय लोकतान्त्रिक शासन प्रणाली स्वीकार गर्ने स्पष्ट प्रतिबद्धता तथा गणतन्त्रलाई समाजवादसँग जोड्ने, असमावेशीतलाई पूर्ण समावेशीतालामा लैजाने, धनी र गरिबबीचको खाडल पुरेर समानता कायम गर्ने एजेण्डामा समहत भए नयाँ भनिएका दलसँग सहकार्यका लागि तयार रहेको पुनले बताए ।

 ‘हामी नयाँसँग काम गर्न तयार छौं । तर, अहिलेको उपलब्धि खोसेर पछि हट्न खोज्ने नयाँसँग होइन, अहिलेको उपलब्धि जोगाएर अघि बढ्ने नयाँसँग काम गर्न हामी तयार छौं ।’ 

पुनले विचार, राजनीति र एजेण्डाले नेपाली कम्युनिष्ट पार्टी नयाँ दल भएको दाबी गरे । आफूहरू यथास्थितिवादी तथा नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी नभएको बताए ।

 ‘विचारले नयाँ, राजनीतिले नयाँ, एजेण्डाले नयाँ हामी हौं’, उनले भने, ‘यथास्थितिवादी र नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी पनि होइनौँ हामी । जनताले बुझ्नुपर्ने  विषय यो छ ।’ 

असामान्य अवस्थामा चुनाव हुन लागेको चर्चा गर्दै पुनले । एक थान संसद् र एक थान सरकार चुन्न चुनाव हुँदैछैन भन्ने बुझेर मतदान गर्न मतादातालाई अपिल गरे । 

राष्ट्रिय स्वाधीनताको मुद्धा पेचिलो बनेकाले आफूहरू स्वाधीनता, सुशासन, समृद्धि र सामाजिक न्यायको स्पष्ट एजेण्डा समेटिएको चुनावी घोषणापत्रसहित चुनावमा होमिएको उनको भनाइ छ । 

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा १८ महिना चलेको सरकारले राज्य दोहन र विचौलिया प्रवृक्ति नियन्त्रणको अभियान चलाएपछि काँग्रेस र एमाले डराएर केपी ओली नेतृत्वमा सरकार बनाएको बताए । प्रचण्डले थालेको सुशसनको अभियान रोक्न ओली नेतृत्वमा सरकार बनेपछि राज्य दोहन, अनियमितता र बिचौलिया प्रवृत्ति हाबी भएकाले भदौ २३ मा नवयुवाको आन्दोलन भएको उल्लेख गरे । 

पत्रकार सम्मेलनमा उनले रोल्पाले सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा र सिंचाइजस्ता पूर्वाधार विकासमा विगतको तुलनामा फड्को मारेको दाबी गर्दै अधुरो आयोजना पूरा गर्न आफ्नो तर्फबाट सहजीकरण हुने प्रतिबद्धता जनाए । 

फरक प्रसंगमा पुनले केही शक्ति र व्यक्तिहरुले निर्वाचन हुँदैन भने पनि मुलुक निर्वाचनमा होमिएको र कसैले पनि निर्वाचन रोक्न नसक्ने स्पष्ट गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ४ : ५८ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन