६६ औँ जन्मदिन मनाउँदै गर्दा बेलायती नरेश चार्ल्सका भाइ पूर्वराजकुमार एण्ड्रियू पक्राउ « Khabarhub

६६ औँ जन्मदिन मनाउँदै गर्दा बेलायती नरेश चार्ल्सका भाइ पूर्वराजकुमार एण्ड्रियू पक्राउ


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतका पूर्वराजकुमर एण्ड्रियू माउन्टबट्टेन विन्जर पक्राउ परेका छन् । सार्वजनिक पदको दुरुपयोग गरेको आशङ्कामा उनलाई पक्राउ गरिएको हो ।

बेलायती नरेश चार्ल्स तृतीयका भाइ एण्ड्रियूले आजै आफ्नो ६६ औँ जन्मदिन मनाउँदैछन् ।

बीबीसीका अनुसार उनी हाल बसोबास गर्दै आएको नोरफोकस्थित स्याण्ड्रिङ्घम आवास क्षेत्रमा प्रहरीका सादा गाडी देखिएको थियो ।

उनी कुख्यात बाल यौन दुराचारी जेफ्री एपस्टिन मामिलामा मुछिएपछि बदनाम भएका थिए । एण्ड्रियूले जेफ्री एपस्टिन मामिलामा आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

बेलायतको टेम्स भ्याली प्रहरीले एक जना ६० वर्षीय व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेको छ । यद्यपि उनको पहिचान भने प्रहरीले खुलाउन अस्वीकार गरेको जनाइएको छ । हाल उनी प्रहरी हिरासतमा रहेको बीबीसीले जनाएको छ ।

प्रहरीले नोरफोक र बर्कशायर क्षेत्रका केही ठेगानामा खानतलासी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ५ : ३७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक