बालेनले रुखमा बाँधेर बाटो बनाउने भन्दा गगनले ल्याए ठेक्का प्रणाली सुधार्ने नीति « Khabarhub

बालेनले रुखमा बाँधेर बाटो बनाउने भन्दा गगनले ल्याए ठेक्का प्रणाली सुधार्ने नीति


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले रुखमा बाँध्ने, खोरमा थुन्ने जस्ता काम गरेर बाटो निर्माणको काम छिटो बनाउने भनेकोमा कांग्रेसका सभापति गगन थापाले भने ठेक्का प्रणाली सुधार गर्ने नीति ल्याएका छन् ।

कांग्रेसले बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा ठेक्का प्रक्रियालाई सरल बनाउन खरिद कानुन र बीड डकुमेन्ट मूल्यांकन सुधार गरी प्राविधिक क्षमता, अनुभव र विश्वसनीयतालाई प्राथमिकता दिँदै लागत गुणस्तर र भुक्तानी प्रणाली सुधार गर्ने उल्लेख छ ।

सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष सुधार गर्ने, कार्यसम्पादनमा आधारित र समयबद्ध भुक्तानी प्रणाली लागू गर्ने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

रास्वपाका वरिष्ठ नेता बालेनले भने ठेक्का प्रणालीको पक्षमा रहेको समस्यालाई नजरअन्दाज गर्दै बाँधेर र थुनेर काम छिटो गराउने अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्तिलाई निर्माण व्यवसायी महासंघका अध्यक्षले निन्दनीय भन्दै प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ६ : २८ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)