उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला « Khabarhub

उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका ३१ मोटरसाइकल र २२ स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।

भेटिएका सवारीसाधन अधिकांश काठमाडौँ उपत्यका वरिपरि जिल्लामा प्रयोग हुने गरेको पाइएको उनले बताए । चोरी भएका मोटरसाइकललाई लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने तथा नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको छ ।

कार्यालयले आफ्नो सवारीसाधन हराएमा तत्कालै नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा खबर गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ८ : ३१ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाहाखाले हाल

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६