हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी « Khabarhub

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेको कुशासनले मुलुकमा जेनजी आन्दोलन भएको दाबी गरेका छन्।

नेकपा सर्लाही-काठमाडौँ सम्पर्क समितिले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सुशासनको पक्षमा काम गरिरहेको तत्कालीन माओवादी नेतृत्वको सरकारलाई कांग्रेस र एमालेले ढालेकाले मुलुकमा जेनजी आन्दोलन भएको दाबी गरेका हुन्।

नेता श्रेष्ठ सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। सम्पर्क समितिले श्रेष्ठसहित नेकपाका तीनजना उम्मेदवारलाई एकै ठाउँमा राखेर काठमाडौँमा बिहीबार कार्यक्रम गरेको हो।

पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले आफू गृहमन्त्री हुँदा सुशासनको पक्षमा धेरै काम गरेको दाबी गरे।

‘त्यतिबेला हामीले सुशासन र सामाजिक न्यायका पक्षमा ऐतिहासिक काम गरेका थियौँ,’ उनले भने, ‘हाम्रो सरकारले गरेका कामबाट विभिन्न काण्डमा जोडिएकाहरु डराएपछि हाम्रो सरकार ढालियो। हाम्रो सरकार ढालेपछि नै जेनजी आन्दोलन हुने अवस्था सिर्जना भएको हो।’

उनले आफ्नो पार्टीले उतिबेला भ्रष्टाचार विरोधी अभियान चलाइ राख्न पाएको भए, सुशासनको अभियान चलाइराख्न पाएको भए जेनजी आन्दोलन नै नहुने ठोकुवा गरे।

‘जेनजी आन्दोलन भ्रष्टाचार विरोधीहरुको कारणले भएको हो,’ उनले भने, ‘जेनजीहरुले जे विषय उठाएका थिए, हामी सरकारमा बसेर तिनै काम गरिरहेका थियौँ, जेनजी आन्दोलनले हाम्रै एजेण्डा बोकेको थियो। तत्कालीन सरकारले ७६ जनाको हत्या गरेकाले मुलुक अप्ठ्यारो अवस्थामा प्रवेश गर्यो।’

आफूहरुले जनतामा कहिल्यै झुट कुरा नगरेको दाबी पनि उनले गरे।

‘जनतालाई झुक्याउने काम हामीले कहिल्यै गरेनौँ। हामीले सत्यतथ्य कुरा मात्रै गर्दै आएका छौँ,’ उनले भने, ‘समृद्धि र सामाजिक न्यायलाई कार्यान्वयन गर्ने शक्ति हामी हौँ। सुशासनको अभियान चलाउँदा चलाउँदै हाम्रो सरकार ढालियो। भुटानी शरणार्थी काण्ड, ललिता निवास, बाँसबारी छालाजुत्ता र सुन तस्करी जस्ता काण्डविरुद्ध हामीले अभियान चलायौँ। मिटरव्याज पीडितलाई न्याय दिन पहल गर्यौँ। यसबाट अत्तालिएकाहरुले हाम्रो नेतृत्वको सरकारलाई ढाले।’

उनले पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारले सञ्चालन गरेजस्तो भ्रष्टाचार विरोधी अभियान २००७ सालयता बनेका कुनै पनि सरकारले नगरेको दाबी पनि गरे।

उनले फागुन २१ गते हुने चुनाव सामान्य अवस्था नभएको बताए। ‘यो चुनावले मुख्यतया तीनवटा विषयको फैसला गर्ने छ,’ श्रेष्ठले भने, ‘यसले मुख्यतया राष्टिय स्वाधिनताको रक्षा गर्नुपर्ने छ। देश बचाउनुपर्ने छ। विदेशी हस्तक्षेप बढ्दै गएको छ। विदेशी शक्तिहरुले हाम्रो देशलाई आफ्नो रणनीतिक क्रिडास्थल बनाउने प्रयास गरिरहेका छन्। देशका कतिपय शक्ति र पात्रहरु तिनको सेवा गर्न लागेका छन्। यो चुनावले त्यस्ता शक्तिहरुलाई परास्त गर्नुपर्छ।’

उनले राष्ट्रिय स्वाधिनताको रक्षाको लागि आगामी चुनावबाट नेकपा बलियो हुनुपर्नेमा जोड दिए।

‘हाम्रो अगाडि ठूलो बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई संस्थागत विकास गर्नुपर्ने दायित्व छ,’ उनले भने, ‘यहीबेला संविधानमाथि खतरा उत्पन्न भएको छ। यो संविधानबाट प्राप्त भएका अधिकार खोसिने खतरा उत्पन्न भएको छ। त्यसलाई जोगाउन पनि नेकपा जस्तो अग्रगामी परिवर्तनको पक्षधर शक्ति बलियो हुनुपर्छ।’

उनले देशको आजको प्रमुख आवश्यकता सुशासन, समृद्धि र सामाजिक न्याय भएकोमा जोड दिए।

‘नागरिकले राजनीतिक अधिकार मात्रै पाएर हुँदैन, सामाजिक आर्थिक रुपान्तर, विकास र समृद्धिले मुलुकमा फड्को मार्नुपर्छ,’ श्रेष्ठले भने, शिक्षा, स्वास्थ्य, रोजगारी आवास जस्ता आधारभूत आवश्यकता पूरा भए भन्ने ठाउँमा नेपाललाई पुर्याउनुपर्छ। नेकपा बलियो भए मात्रै यी विषय स्थापित हुन्छन्।’

अशिले नेपालमा मुख्यतया चार प्रकारका शक्ति राजनीतिक रंगमञ्चमा देखिएका टिप्पणी उनले गरे।

परंपरागत प्रतिगामी शक्ति, यथास्थितिवादी शक्ति, नयाँ भनिने शक्ति र अग्रगामी परिवर्तनको पक्षधर क्रान्तिकारी शक्तिबीच अहिले संघर्ष चलिरहेको तर्क उनको थियो।

‘प्रतिगामी शक्तिहरु संविधान, समावेशितालाई उल्ट्याउन चाहन्छन्। जनताले प्राप्त गरेको अधिकार खोस्न चाहन्छन्,’ उनले भने, ‘अर्को यथास्थितिवादी शक्ति छन्। उनीहरुकै कारणले देशलाई प्रतिगमनमा धकेल्ने खतरा उत्पन्न भएको छ। उनीहरु देशलाई अहिलेकै अवस्थामा राख्न चाहन्छन्। अर्को आफूलाई नयाँ दाबी गर्ने शक्ति छ, जो रुपमा अग्रगमनको कुरा गर्छन्, सारमा उनीहरुले प्रगतिमनको सेवा गरिरहेका छन्।’

नयाँ भनिने शक्तिले प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई आमन्त्रण गर्ने काम गरिहेका दाबी पनि उनले गरे। ‘नयाँ भनिनेहरु सारमा प्रतिगामी नै हुन्। उनीहरुमा झन् खतरनाक प्रवृत्ति देखिएको छ। उनीहरु देशभक्त पनि होइननन्। वैदेशिक शक्तिहरुको हस्तक्षेपलाई मलजल गर्ने काम उनीहरुले गरिरहेका छन्। ती प्रतिगनकै मतियार शक्ति हुन्।’

६० वर्षसम्म नेपाली जनताले गरेको संघर्षको बाहक शक्ति नेकपा भएको उनको दाबी थियो।

श्रेष्ठले समाजवाद उन्मुख, गरिबमुखी, जनमुखी समृद्धि नेकपाको नीति भएकोमा जोड दिए। ‘यो तथ्यलाई जनताले बुझ्दै गएका छन्। चुनावमा हामीले यिनै कुरा लिएर जानुपर्छ,’ उनले भने।

उनले आफूलाई सर्लाहीका साथी र त्यहाँका जनताले २०७० सालदेखि नै चुनाव लड्नको लागि बोलाएको बताए।

जनताको ठूलो हिस्सा तराई मधेसमा केन्द्रीत रहेको भन्दै उनले विकासमा भने मधेस पछाडि रहेको तर्क गरे।

‘तराई मधेसमा बजेटको बिन्यास कम छ। जनसंख्यामा सबैभन्दा धनी ठाउँको विकासको नेतृत्व गर्न म सर्लाही गएको हुँ,’ उनले भने, ‘नेपालको राष्टिय एकता तराई मधेस, पहाड र हिमालबीचको एकता हो। त्यो एकताले नै देशलाई मजबुद बनाउने हो। त्यो एकताको निम्ति पनि मैले सर्लाहीलाई रोजेको हुँ।’

उनले अब आफू सर्लाहीसहित तराई मधेसका जिल्लाका जनताको विकासको पक्षमा लड्ने दाबी गरे। ‘सर्लाहीमा शिक्षा, स्वास्थ्य, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यामा रहेका जनताको पक्षमा काम गर्नुछ,’ उनले भने।

कार्यक्रममा नेकपाको तर्फबाट सर्लाही १ बाट उम्मेदवार रहेका प्रमोद साह र ४ का उम्मेदवार डा.रजनिस यादवले पनि मन्तव्य व्यक्त गरेका थिए।

नेकपा सर्लाही-काठमाडौँ सम्पर्क समितिका अध्यक्ष शम्भु नेपालले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा नेकपा सबैभन्दा बलियो शक्तिको रुपमा स्थापित हुँदै गएको बताए।

०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवारले १ स्थानमा मात्रै विजय प्राप्त गरेका थिए। तर, समानुपातिक मत भने माओवादीले देशका ७७ जिल्लामध्ये सर्लाहीबाट सबैभन्दा धेरै प्राप्त गरेको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १० : १५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई