रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड « Khabarhub

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार ललितपुरमा दिगो फोहर व्यवस्थापन, पुनः प्रयोग तथा सर्कुलर अर्थतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम ‘डोन्ट थिङ्क वेस्ट-थिङ्क अपर्चुनिटी’ भन्ने अन्तर्राष्ट्रिय नारामा केन्द्रित थियो ।

क्रिएसन नेपालद्वारा ग्रीनशिफ्ट परियोजनाअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले फोहरलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा हेर्नुपर्ने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। उनले ग्लोबल रिसाइक्लिङ डेको सन्दर्भ उल्लेख गर्दै यसको महत्वबारे जनचेतना अझ बढाउन आवश्यक रहेको बताइन् । 

उनले सरसफाइमा खटिने कामदारहरूको योगदानको कदर गर्न आग्रह गर्दै फोहरप्रतिको सोच परिवर्तन आवश्यक रहेकोमा जोड दिइन् । 

महानगरले फोहर व्यवस्थापन सुधारका लागि काम गरिरहेको उल्लेख गर्दै उनले आयोजक संस्था र सहयोगी निकायप्रति आभार व्यक्त गरिन् ।

विशेष अतिथि युरोपेली संघका नेपालस्थित सहकार्य प्रमुख होसे लुइस भिनुएसा सान्तामारियाले यस्ता पहलले दिगो भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले ‘ग्रीन सर्कुलारिटी’ अवधारणाले घटाउने, पुनः प्रयोग गर्ने, पुनः प्राप्त गर्ने र रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्ने उल्लेख गरे ।

क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले प्लास्टिकलाई समस्याका रूपमा मात्र होइन, अवसरका रूपमा पनि बुझ्नुपर्ने बताउँदै सामूहिक प्रयासमार्फत नयाँ सम्भावनाहरू खोज्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमको अध्यक्षता गर्दै क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले ग्रीनशिफ्ट केवल परियोजना नभई परिवर्तनको अभियान भएको बताइन्। उनले कार्यक्रममा देखिएको उत्साह, ऊर्जा र विचार आदान–प्रदानले हरित रूपान्तरणतर्फ सकारात्मक संकेत गरेको उल्लेख गरिन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा करिब १०० जना फोहर संकलनकर्ताको साइकल र्‍याली आयोजना गरिएको थियो। यूएन पार्कबाट सुरु भएको र्‍याली थापाथली पुल, बागमती करिडोर, बल्खु, नख्खु, भैंसेपाटी, ज्वालाखेल र पुल्चोक हुँदै पुनः यूएन पार्कमै समापन भएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ३ : २३ बजे

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन

नेप्से परिसूचक ६४ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अंकले

रास्वपालाई आशिकाको चुनौती, पार्टी बैठकभित्रै किन लगाइन् ‘हिडन क्यामेरा’सहितको चश्मा ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङ फेरि