कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने « Khabarhub

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई शपथ खुवाउने भएका छन्।

७८ वर्षीय उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १२ गते दिउँसो शपथ ग्रहण गरिसकेपछि अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने भएका हुन् ।

निर्वाचन आयोगले उपलब्ध गराएको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम सूचीअनुसार प्रतिनिधि सभामा सबैभन्दा जेष्ठ सदस्य केसी छन् ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख चुनिनसकेको अवस्थामा जेष्ठ सदस्यले अन्य सांसदहरूलाई सपथ खुवाउने र पहिलो बैठकको अध्यक्षता गर्ने चलन छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ६ : ०४ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल