विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति « Khabarhub

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ गत शनिबार जलाइएकोबारे छानबिन गर्न समिति बनाएको छ ।

मोरङको बूढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिबार सरसफाइका नाममा चिनियाँ राष्ट्रपति सीले लेखेका पुस्तक जलाइएको थियो । केही युट्युबर र पत्रकारसमेत बोलाएर ती पुस्तक जलाइएको भिडियोसमेत कैद गरेर सामाजिक सञ्जालमा हालिएको थियो ।

उक्त पुस्तकका प्रति जलाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा हालिएपछि चिनियाँ दूतावासले सरकारसँग गम्भीर चासो राखेको छ। दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित ध्यानाकर्षण नै पठाएको छ।

गृहले मोरङका सहायक प्रुमख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइ मोरङका प्रतिनिधिसमेत सदस्य छन् ।

फोहोरमा हालेर ती पुस्तक पनि जलाएको भिडियो देखिएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय मोरङले विश्वविद्यालयसँग जवाफ माग्दै २४ घण्टे पत्र पठाएको थियो ।

समितिलाई आवश्यक छानबिनसहित प्रतिवेदन बुझाउने गरी १५ दिनको सीमा तोकिएको मोरङका प्रजिअ युवराज कट्टेलले जानकारी दिए ।

विश्वविद्यालयले ल्याब निर्माणका लागि कोठा खाली गर्ने क्रममा धमिराले खाएका र नष्ट भएका केही पुस्तक तथा सामग्री मुचुल्का उठाएर जलाइएको जवाफ दिएको छ । तर विश्वविद्यालयले उक्त प्रकरणमा निकालेको विज्ञप्ति झारा टार्ने किसिमको छ ।

उता विश्वविद्यालयले पनि उक्त प्रकरणबारे आन्तरिक छानबिन समिति बनाएको छ । समितिबारे नखुलाए पनि विश्वविद्यालयले त्यसबारे अध्ययन सकेर प्रतिवेदन ल्याउने जनाएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ६ : २९ बजे

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा