सूर्य देवको पूजा विधि के हो ? « Khabarhub

सूर्य देवको पूजा विधि के हो ?


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख शुक्ल पक्षको द्वितिया तिथी । तदनुसार सन् २०२६ अप्रिल १९ तारिख। आज पर्शुराम जयन्ती ।

हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।

यस्तो छ पूजा गर्ने विधि:
आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ।

पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ। त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा।तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्। ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ५ : २२ बजे

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको एआई कल सेन्टर सञ्चालनमा

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई

सांसद दुलालको आक्रोश : राज्यले डोजर आतंक मच्चायो, आत्महत्या दुरूत्साहन मुद्दा किन नलगाउने ?

काठमाडौं– नेकपाका सांसद युवराज दुलालले प्रतिनिधिसभाको बैठकमा सरकारले सुकुम्बासी बस्तीमाथि

संसद्‍मा प्रतिपक्षीहरू आक्रमक, एमाले सांसदले भनिन्, ‘सरकार नियन्त्रित तानाशाहीको बाटोमा जाँदैछ’

काठमाडौं- नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको

‘परालको आगो’ को व्यापारले सौगात र प्रकाशलाई राहत

काठमाडौं – लगातार फ्लप फिल्म दिइरहेका नायकहरू सौगात मल्ल र

राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३-८४ को  पूर्ण