रास्वपा सचिवालय बैठक बस्दै : के छन् एजेन्डा ? « Khabarhub

रास्वपा सचिवालय बैठक बस्दै : के छन् एजेन्डा ?


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र संरचनागत सुधारका एजेन्डामा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले वैशाख ६ गते दिउँसो ३:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।

बैठकमा विशेषगरी पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे ठोस छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूची अनुसार ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषयलाई मुख्य एजेन्डा बनाइएको छ ।

यस्तै, बैठकमा केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको विस्तार र पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने तयारी छ । बैंक खाता सञ्चालन सम्बन्धी नयाँ व्यवस्था र विभिन्न परियोजनाका लागि विज्ञ आह्वान गर्ने विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

सचिवालय बैठकले प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी समेत बाँडफाँट गर्ने बताइएको छ । यसबाहेक आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी व्यवस्थापनका विषयमा बैठकले निर्णय लिनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ६ : १६ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित