आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित « Khabarhub

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

अभिषेकको विष्फोटक ब्याटिङ र मालिङ्गाको बलिङले हैदराबादलाई सफलता


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्समाथि १० रनको रोमान्चक जित दर्ता गरेको छ । शनिबार राति हैदराबादस्थित घरेलु मैदानमा भएको खेलमा १९५ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।

चेन्नाईका लागि मध्यक्रमका ब्याटरले मिहिनेत गरे पनि हैदराबादको कसिलो बलिङसामु लक्ष्य भेटाउन सकेनन् । हैदराबादका लागि बलिङतर्फ ईसान मालिङ्गाले घातक बलिङ गर्दै ४ ओभरमा २९ रन खर्चिएर ३ महत्त्वपूर्ण विकेट लिए । उनी खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । हैदराबादको इनिङ्समा प्रारम्भिक ब्याटर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

चेन्नाईका बलरहरूले अन्तिम ओभरमा विकेट लिएर रनको गति केही रोके पनि हैदराबादले बनाएको विशाल स्कोर नै जितका लागि पर्याप्त बन्यो । यो जितसँगै हैदराबाद पाँच खेलमा तीन जित निकाल्दै ६ अंकका साथ चौथो स्थानमा पुगेको छ । समान खेल खेलेको चेन्नई चार अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल