आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित « Khabarhub

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

अभिषेकको विष्फोटक ब्याटिङ र मालिङ्गाको बलिङले हैदराबादलाई सफलता


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्समाथि १० रनको रोमान्चक जित दर्ता गरेको छ । शनिबार राति हैदराबादस्थित घरेलु मैदानमा भएको खेलमा १९५ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।

चेन्नाईका लागि मध्यक्रमका ब्याटरले मिहिनेत गरे पनि हैदराबादको कसिलो बलिङसामु लक्ष्य भेटाउन सकेनन् । हैदराबादका लागि बलिङतर्फ ईसान मालिङ्गाले घातक बलिङ गर्दै ४ ओभरमा २९ रन खर्चिएर ३ महत्त्वपूर्ण विकेट लिए । उनी खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । हैदराबादको इनिङ्समा प्रारम्भिक ब्याटर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

चेन्नाईका बलरहरूले अन्तिम ओभरमा विकेट लिएर रनको गति केही रोके पनि हैदराबादले बनाएको विशाल स्कोर नै जितका लागि पर्याप्त बन्यो । यो जितसँगै हैदराबाद पाँच खेलमा तीन जित निकाल्दै ६ अंकका साथ चौथो स्थानमा पुगेको छ । समान खेल खेलेको चेन्नई चार अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : ०१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल