कीर्तिपुरमा टी-२० सिरिज: कप्तान दीपेन्द्रको परीक्षा « Khabarhub

कीर्तिपुरमा टी-२० सिरिज: कप्तान दीपेन्द्रको परीक्षा

घरेलु मैदानमा नेपाल र यूएई भिड्दै


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टोलीले सोमबारदेखि घरेलु मैदान कीर्तिपुरमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध टी-२० सिरिज खेल्दै छ। यो खेलसँगै नेपाली क्रिकेटमा दुई फरक फर्म्याटका लागि फरक कप्तान र टोलीको नयाँ अवधारणा औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

नियमित कप्तान र सिनियर खेलाडीको अनुपस्थितिमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको नेतृत्व सम्हाल्दै छन्। युवा खेलाडीको बाहुल्यता रहेको यो टोलीले टी-२० मा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ। नेपाल र यूएई साढे दुई वर्षपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आमनेसामने हुन लागेका हुन्। यी दुई टोलीबीच हालसम्म भएका ११ वटा टी-२० भेटमा कीर्तिपुरमा भने एक पटक मात्र खेल भएको छ, जसमा यूएई विजयी भएको छ।

यो सिरिजमा नेपाली टोलीमा अनुभवी अनुहारसँगै युवा खेलाडीलाई प्राथमिकता दिइएको छ। सोमबार साँझ ५ बजेदेखि सुरु हुने खेलमा सन्दीप लामिछाने, कुशल भुर्तेल र कप्तान दीपेन्द्रसिंह ऐरी जस्ता सीमित अनुभवी खेलाडी मैदानमा हुनेछन् । यसबाहेक सन्तोष यादव, हेमन्त धामी र नन्दन यादव जस्ता युवा खेलाडीको खेल हेर्न सकिने छ ।

भ्रमणकारी टोली यूएईले खेलको अघिल्लो दिनसम्म टोली सार्वजनिक गरेको छैन। यूएईका कप्तान मुहम्मद वासिम, अलिशान सराफू र जुनेद सिद्दिकी नेपाल आइसकेका छन्। यूएई यो सिरिजमा केही नयाँ खेलाडीलाई मौका दिने तयारीमा छ।

नेपाल क्रिकेट संघ (क्यान) ले रात्रिकालीन समयमा हुने यस खेलका लागि ‘खल्ती’ एपमार्फत टिकट काट्ने व्यवस्था मिलाएको छ। घरेलु दर्शकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको ऐतिहासिक सिरिजले नेपाली क्रिकेटको नयाँ चित्र कोर्ने छ। यो सिरिजमा नियमित कप्तान रोहित पौडेल मैदानमा हुने छैनन् ।

नेपाली टोली

दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल रहेका छन् । यस्तै वैकल्पिक खेलाडीका रूपमा प्रतिश जिसी, नारायण जोशी र राशिद खानलाई राखिएको छ ।

नेपालको सम्भावित ११
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, लोकेश बम, अर्जुन साउद, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने र हेमन्त धामी।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ११ : १५ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी