काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ।
सभापति रबि लामिछानेको निर्देशनमा बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको भावी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने छ।













प्रतिक्रिया