गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह « Khabarhub

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा समूह छोड्ने क्रम सुरू भएको छ।

नेपाली कांग्रेसमा मध्यमार्गीका धारका रुपमा परिचित कोइराला परिवारका नेताहरूले देउवा समूह छाडेका हुन् । उनीहरू आइतबार दिउँसो धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा जारी देउवा समूहको बैठकमा सहभागी भएनन्।

विशालनगरस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा आइतबार बिहान भएको छुट्टै भेलापछि मध्यमार्गी धारका यी नेताहरू गगनलाई सभापति स्वीकार्दै मिसिने निर्णयमा पुगेका हुन्।

उक्त भेलामा डा. शेखर, कोइराला परिवारका अर्का नेता डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज गुरूङ पनि सहभागी थिए ।

‘उक्त भेलाबाट हामीले सर्वोच्चको फैसला स्वीकार्दै अघी बढ्ने निष्कर्ष निकालेका छौँ । हामी पार्टी फुट र थप क्षयीकरणको पक्षमा छैनौँ’, नेता गुरूङले भने, ‘अहिले पनि हामी एकताकै पक्षमा रहेका नेताहरूसँग छलफलमा छौँ । कांग्रेसलाई एक बनाएर लैजानुपर्ने कुरामा हामीबीच एकमत छ ।’

धनराजकै पहलमा बसेको उक्त भेलामा यी तीन शीर्ष नेतासहित अन्य केन्द्रीय सदस्य र सांसदहरू पनि रहेको खुलेको छ। धनराजले नै लामो समयदेखि अलग अलग हिँड्दै आएका शेखर र शशांकलाई जुटाएर कोइराला परिवारलाई कांग्रेसमै उभ्याएका हुन् ।

‘हामी सबैलाई विदितै छ-विशेष महाधिवेशनबारे पार्टीमा विभिन्न दृष्टिकोण रहिआए पनि त्यसबेला हामीले मतैक्यता गराउने भरमग्दुर प्रयत्न गरिरह्यौँ’, उनले भने, ‘अब विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ । यस परिस्थितिमा अदालतको फैसला स्वीकार्दै पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो ।’

उनले पार्टी स्थापना कालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको बताउँदै अब आफूहरू कांग्रेस एकताको पक्षमा उभिने बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ३५ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली