उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता « Khabarhub

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित समितिलाई पूर्णता दिएको छ । यसअघि उपसभापति पुष्पा भुसाललाई संयोजक तोकेर गठन गरिएको समितिमा पार्टीले वरिष्ठ अधिवक्ताहरूलाई समेटिएको छ ।

समितिका सदस्यहरूमा राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी र ललितकुमार बस्नेत चयन भएका छन् ।

समितिले पार्टीको संविधान संशोधन सम्बन्धी सुझाव संकलन गरी नेतृत्वलाई प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ ।

यसैबीच, कांग्रेस नेता धनराज गुरुङले पार्टी एकतामा जोड दिएका छन् । उनले ढिलो–चाँडो भए पनि कांग्रेस एक ढिक्का भएर महाधिवेशनमा जानुपर्ने बताएका छन् ।

‘असन्तुष्ट साथीहरूलाई मेरो आग्रह छ, कांग्रेस एक धारमा आएर महाधिवेशनमा केन्द्रित होऔँ। जनताले हाम्रो गतिविधिलाई नजिकबाट हेरिरहेका छन्,’ उनले भने ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  २ : २८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष