उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता « Khabarhub

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित समितिलाई पूर्णता दिएको छ । यसअघि उपसभापति पुष्पा भुसाललाई संयोजक तोकेर गठन गरिएको समितिमा पार्टीले वरिष्ठ अधिवक्ताहरूलाई समेटिएको छ ।

समितिका सदस्यहरूमा राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी र ललितकुमार बस्नेत चयन भएका छन् ।

समितिले पार्टीको संविधान संशोधन सम्बन्धी सुझाव संकलन गरी नेतृत्वलाई प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ ।

यसैबीच, कांग्रेस नेता धनराज गुरुङले पार्टी एकतामा जोड दिएका छन् । उनले ढिलो–चाँडो भए पनि कांग्रेस एक ढिक्का भएर महाधिवेशनमा जानुपर्ने बताएका छन् ।

‘असन्तुष्ट साथीहरूलाई मेरो आग्रह छ, कांग्रेस एक धारमा आएर महाधिवेशनमा केन्द्रित होऔँ। जनताले हाम्रो गतिविधिलाई नजिकबाट हेरिरहेका छन्,’ उनले भने ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  २ : २८ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली