गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ « Khabarhub

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई अनुशासनको कारबाही गरेर देखाउन सभापति गगनकुमार थापालाई चुनौती दिएका छन् ।

आइतबार देउवा समूहले धुम्बाराहीमा राखेको छलफलमा सहभागी भएका उनले हिम्मत भए लेटरप्याड दुरुपयोगको आरोपमा खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाउन थापालाई चुनौती दिएका हुन् ।

‘हिम्मत भए लेटरप्याड दुरुपयोग काण्डमा पूर्णबहादुर खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाऊ, ‘बलायरले चेतावनीको शैलीमा, ‘तर उक्त कारबाहीपछि आउने परिणाम पनि भोग्न तयार रहनू ।’

बलायरले पार्टीभित्रको सङ्घर्ष र त्याग सानेपाको पदमा रहेकाहरूको भन्दा धुम्बाराही बैठकमा बसेका नेताहरूको ठूलो रहेको बताए ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा प्रतिनिधिसभा निर्वाचनमा प्रचार प्रसारका लागि पुगेको सबै ठाउँमा जमानत जफत भएको आरोप पनि उनले लगाएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ३ : २३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण