दोलखाको सुन्द्रावतीमा खान्डु राजाको दरबार भेटिएको दाबी : थप अनुसन्धान गर्न स्थानीयको माग « Khabarhub

दोलखाको सुन्द्रावतीमा खान्डु राजाको दरबार भेटिएको दाबी : थप अनुसन्धान गर्न स्थानीयको माग


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखा जिल्लास्थति कालिञ्चाेक गाउँपालिकाको सुन्द्रावतीमा पछिल्ला दिनहरूमा एउटा प्राचीन भग्नावशेषले धेरैलाई अचम्ममा पारेको छ । जिल्लाको गाउँपालिका -९ अन्तर्गतको सुन्द्रावती कटुवाचौरको स्थानीय आँगेडाँडामा उत्खननको क्रममा प्राचीन शैलीको विसाल भवनको भग्नावशेष फेला परेसँगै धेरैको ध्यान तानेको छ। यहाँ प्राचीनकलामा निर्माण गरिएको भवनको पर्खाल, त्यसबेला प्रयोग गरिएका ढुङ्गा, जाँतो भेटिएको छ । संरचनाछेउमा चौतारी पनि फेला परेको छ ।

उक्त संरचनालाई स्थानीयले थामी जातिका राजा खान्डुको दरबार भएको दाबी गरेका छन् । खुल्ला र खेतीयोग्य जग्गाको डाँडामा देखिएको उक्त भग्नावशेष खान्डुराजाको हुनसक्ने उनीहरुको दाबी छ । यहाँका पुराना पुस्ताका थामी अगुवाले बताए अनुसार प्राचीन शैलीमा भवनका संरचनाहरु उत्खननको क्रममा फेला परिएकाले पनि उक्त भवन थामी राजाको दरबार हुनसक्छ । यस संरचना आज भन्दा १७/१८ सय वर्ष अघि निर्माण गरिएको हुनसक्ने अनुमान छ ।

खान्डु कुनै समयमा प्रख्यात थामी राजा रहेको थामी अगुवा बताउँछन् । दोखला जिल्ला थामीहरुको उद्गमस्थल भएको र उक्त डाँडामा राज गरेर बसेको भन्ने पुर्खाबाट सुनिएको हुँदा पनि उक्त संरचना सामान्य व्यक्तिको घर नभइ खान्डुकै दरबार हुनसक्ने स्थानीय ८५ वर्षीय गोपीलाल थामीले बताए । उनका अनुसार पुर्खाले पनि परापूर्वकालमा थामी समुदायका पूर्वज खान्डु राजाको दरबार आँगेमा थियो भन्ने आफूले पनि आफ्ना बाबु बाजेबाट सुनेको र अहिले सोही ठाउँमा उत्खनन गर्दा विशाल भवनको अनेकौँ संरचना माटोले छोपेको अवस्थामा फेला पारिएको बताए । अहिले भग्नावशेष भेटिँदा बाबुबाजेबाट सुनेको कुरा सत्य रहेछ भन्ने कुरा आफूलाई विश्वास भएको उनको दाबी छ ।

दोलखामा आदिवासी थामी जातिको पहिचान तथा कला संस्कृति संरक्षणका लागि बागमती प्रदेश सरकारले सुन्द्रावतीमा भवन निर्माणका लागि स्थानीयको माग बमोजिम बजेट विनियोजन गरेको थियो । सुद्रावतीमा सो भवन निर्माणको लागि उत्खनन् गर्दा पुरानो भवन भेटिएको हो । नयाँ भवन निर्माणको लागि जमिन खन्दै जाँदा २१ मिटर लम्बाई तथा १७ मिटर चौडाइको पर्खाल भेटिएको र पछि थप उत्खनन गर्दा भवनको कोठाहरु भेटिएको थामीले जानकारी दिए ।

उत्खनन गर्दै जाँदा हालसम्म ९ वटा कोठाहरु प्रष्ट फेला परेका छन् । भवनको पश्चिमतर्फ करिब १८ फिट चौडाई तथा ५४ फिट लम्बाई रहेको अर्को भवनको जग समेत भेटिएको छ । मुख्य भवन भित्रको भागमा रहेको माटो तथा ढुङ्गा पन्छाउने काम बाँकी छ । कालिञ्चाेक गाउँपालिकाका पूर्वअध्यक्ष बिनकुमार थामीका अनुसार स्थानीयले खान्डु पुर्खाको दरबार दाबी गरेपनि थप खोज र अनुसन्धानबाट प्रमाणित गर्न बाँकी नै छ । यसका लागि सरकार र पुरातत्व विभागले भग्नावशेषको अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

बाबुबाजेले भनेकै ठाउँमा प्राचीन भवन भेटिएपछि स्थानीयले खान्डुराजको दरबार दाबी गर्नु स्वभाविक रहेको र सरकारले यसबारे थप खोज अनुसन्धान गर्नुपर्ने उनले बताए । त्यहाँ देखिएका सबै संरचना सामान्य हिसाबले हेर्दा उत्खनन् गरिएका भित्ताहरुमा कोइला समेत भेटिएकोले आगलागीमा परी भवन ध्वस्त भएको वा भूकम्पले भत्किएको हुनसक्ने स्थानीयहरुको भनाइ । कतिपय ठाउँका गारोहरुमा झ्याल रहेको अनुमान गर्न सकिने आधार छन् ।

लामो समय भइसकेको र पहाडी क्षेत्रमा बलियो काठ नपाइने हुनाले भवनमा प्रयोग गरिएका काठहरु सडेको हुनसक्ने अनुमान गरिएको छ । सामान्य हिसाबले विशाल भवनको भग्नावशेष हेर्दा कुनै व्यक्तिको मात्र घर मात्रै नहुने स्थानीयको दाबी छ । सोही कारण उक्त भग्नावशेष दरबार नै हो भन्ने स्थानीय बताउँछन् । थामी जातिमा चलेको खान्डु राजाको मिथकले यसलाई थप बल पुर्‍याएको छ ।

-सुवास बस्नेत/दोलखा

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ४ : ५६ बजे

इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने

एजेन्सी– इरानले सोमबारदेखि देशको उत्तरपूर्वी मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन

सर्वोच्चको फैसलाप्रति देउवा समूह असन्तुष्ट, गगनको आधिकारिकताविरूद्ध पुनरावलोकनमा जाने

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद बोहरा नियुक्त

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा

कर्णालीमा बेपत्ता बुबाछोराको शव भेटियो

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदीमा बेपत्ता