प्रदीप पौडेलको प्रष्टिकरण : क्रियाशील सदस्यता डिजिटल बनाउँछौँ, पुरानो खारेज गर्न खोजिएको होइन « Khabarhub

प्रदीप पौडेलको प्रष्टिकरण : क्रियाशील सदस्यता डिजिटल बनाउँछौँ, पुरानो खारेज गर्न खोजिएको होइन


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित जिल्ला सभापति, केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधि लगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए ।

एक पटक डिजिटल रेकर्ड भए छि नवीकरणमा सहजता पुग्ने भन्दै उनले एक पटक आफ्नो स्थानबाट मिहिनेत गरिदिन नेताहरूलाई आग्रह गरे । सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै उनले यसमा अलमलमा नपर्न आग्रह गरे ।

‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो,’ उनले भने,‘यसमा कोही अलमलमा नपरौँ ।’

महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आमसदस्यको राय लिन तथा पार्टीका गतिविधिबारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए ।

महामन्त्री पौडेलले पार्टीको सदस्यसँग पार्टी विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार गर्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको बताए ।

महामन्त्री पौडेलले सदस्यताका लागि वडामै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामै जानुपर्ने व्यवस्था गरिएको बताए ।

‘हरेक क्रियाशील सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भाव विकास गर्न वडामै जान प्रोत्साहित गरिएको हो,’ उनले भने, ‘यसले विवरणमा पारदर्शितासमेत कायम गर्न सकिनेछ ।’

कुनै विशेष कारण वडा जान नसक्नेका हकमा के गर्ने भन्ने विषय छलफलमार्फत् टुंग्याइने उनले बताए । कांग्रेसले जिल्ला सभापतिमार्फत् सबै वडामा सदस्यताको फारम पठाउनेछ ।

वडा सभापतिमार्फत् अन्य क्रियाशील अद्यावधिक हुने तथा नवीकरण गरिसकेका सदस्यहरूको वडा सभापतिले सदर गरेर इन्ट्री गरेपछि वैध मानिने व्यवस्था मिलाइएको छ ।

सदस्यता नवीकरण नभएकाले नयाँ फर्म भर्न सकिने भए पनि अद्यावधिक नभएमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा भाग लिन पाइने छैन ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ४ : १९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि