रास्वपा प्रवास प्रमुखमा दीपक बोहरा, वैशाख १५ देखि जिल्ला अधिवेशन थाल्दै « Khabarhub

रास्वपा प्रवास प्रमुखमा दीपक बोहरा, वैशाख १५ देखि जिल्ला अधिवेशन थाल्दै


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ।

आइतबा बसेको केन्द्रीय सचिवालय बैठकले सभापति रवि लामिछानेका एक सहयोगीसमेत रहेका उनलाई प्रवास प्रमुख बनाउने निर्णय गरेको हो ।

उनी यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारमा मन्त्री हुन नपाएका रविनिकट नेतामध्ये एक हुन् ।

यस विभागमा यसअघि डीपी अर्याल थिए । तर पार्टी उपसभापति अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएर पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका थिए । त्यसपछि उक्त पद खाली रहेको थियो।

उता रास्वपाको आइबारकै बैठकले आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ। रास्वपाले आगामी भदौसम्म पहिलो महाधिवेशन गर्ने योजना बनाइरहेको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ५ : ३७ बजे

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला