देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण « Khabarhub

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको बताए ।

उनले भने, ‘तीन दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बिहान ५ बजे बृहत् योग विज्ञान शिविर सञ्चालन गर्नेछौँ, अन्तिम दिन विशेष कार्यक्रम आयोजना गरी चाँगु योग ज्योति सन्देश स्मारिक सार्वजनिक एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीबाट योग नगर घोषणा गर्नेछौँ ।’

योग जिल्ला घोषणासँगै नगरपालिकाले प्रत्येक वडादेखि विद्यालयहरूमा योग शिक्षक उत्पादन गर्न प्रशिक्षण सञ्चालन गर्ने र टोलटोलमा योगलाई विस्तार गर्ने बताए । नगरप्रमुख खत्रीले भने, ‘चाँगुनारायणका प्रत्येक वडामा योग प्रशिक्षणदेखि योग शिविरहरु सञ्चालन हुनेछ, नियमित योग, ध्यान र प्राणायामले शरीर, मन एवं चेतनालाई सन्तुलित राख्दै शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुस्थ राख्न सहयोग पुर्याउँछ भन्ने सन्देश जनजनमा पुर्याउनेछौँ ।’

नगरपालिकाले वडाहरूमा नियमित योग शिविर सञ्चालन, विद्यालयहरूमा योग शिक्षा अनिवार्य गर्ने, स्थानीयस्तरमा दक्ष योग प्रशिक्षक उत्पादन गर्ने, योग पार्क एवं ध्यान केन्द्र स्थापना गर्ने, आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गर्दै अभियानलाई सञ्चालन गर्ने योजना ल्याएको छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले ‘पहिलो सुख निरोगी काया’ भन्ने नाराका साथ नगरलाई योग नगर घोषणाले नगरवासीमा उत्साह थपेको बताए ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, प्रादेशिक योग समितिका सदस्य नवराज काफ्लेले चाँगुनारायण नगरपालिका देशकै पहिलो योग नगरपालिका घोषणा हुन लागेकाले यो अभियानलाई देशभरि लैजाने बताए ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ११ : २८ बजे

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान