खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु « Khabarhub

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने सडक कालोपत्र (अस्फाल्ट पिच) सुरु गरिएको छ । 

सङ्घीय सरकारको ५० प्रतिशत र कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० प्रतिशत गरी बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको ३० करोड रुपैयाँ बजेटमा सो सडक कालोपत्र सुरु गरिएको हो ।

ठेकेदार कम्पनी पवित्रा–गाउँले जेभी उदयपुर गाईघाटले १७ करोड ४४ लाख १० हजार रुपैयाँमा सम्झौता गरेर सडक निर्माणसहित कालोपत्र सुरु गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए  । सम्झौताअनुसार ठेकेदार कम्पनीले दुई वर्ष ११ महिनाभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्नेछ । 

सम्झौताअनुसार आठ किलोमिटर सडक निर्माणसहित अस्फाल्ट पिच गरिने जनाइएको छ । उक्त सडक निर्माण सम्पन्नपछि जिल्लाको दक्षिणी भेगका स्थानीयसँग सिधा यातायात सम्पर्क स्थापित हुनुका साथै स्थानीय बासिन्दालाईसदरमुकाम दिक्तेल बजार आवतजावतमा सहज हुनेछ ।

कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सोमबार डाँडागाउँमा एक कार्यक्रम गरी सडकको औपचारिक रूपमा शिलान्यास गरे । उनले खोटाङमा विकास निर्माणमा ढिलासुस्ती स्वीकार्य नहुने बताए । 

साप्सुखोलापारिका साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्नेढुङ्गा र बराहपोखरी गाउँपालिकालाई दिक्तेल बजारसँग जोड्ने यो सडक अहिले कच्ची अवस्थामा छ । 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ११ : ३९ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक