नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत « Khabarhub

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामाथि अन्तर्राष्ट्रिय चासो बढाएको छ। 

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु रहेको थियो ।

कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

रोडशोमा वक्ताहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको सफ्टवेयर तथा आईटी सेवा क्षेत्र, दक्ष इन्जिनियरिङ जनशक्ति, स्टार्टअप इकोसिस्टम, आउटसोर्सिङ क्षमता तथा आईटी निर्यातको सम्भावनाबारे चर्चा गरेका थिए । कार्यक्रममा नासआईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठ, लिपफ्रगका संस्थापक हिमाल कर्माचार्य तथा हाम्रोपात्रोका शंकर उप्रेतीले नेपालको डिजिटल रूपान्तरण र प्रविधि क्षेत्रमा देखिएका अवसरहरू शेयर गरेका थिए । 

हाल नेपालमा २ हजारभन्दा बढी प्रविधि कम्पनी, १ लाखभन्दा बढी टेक प्रोफेसनल तथा वार्षिक करिब १ अर्ब अमेरिकी डलर बराबरको आईटी निर्यात रहेको छ। पछिल्ला वर्षहरूमा नेपालको टेक क्षेत्रमा भएको प्रगतिले धेरै डायस्पोरा सदस्यलाई समेत आश्चर्यचकित बनाएको सहभागीहरूले बताएका छन् ।

नास आईटीले यसअघि सम्पन्न ‘नेपाल टेक रोडशो सिड्नी २०२५’ तथा ‘नेपाल टेक कनेक्ट सान फ्रान्सिस्को’ पछि यूएसए रोडशोले नेपालको अन्तर्राष्ट्रिय प्रविधि उपस्थितिलाई थप मजबुत बनाएको जनाएको छ । साथै, कार्यक्रमले सहकार्य, लगानी, आउटसोर्सिङ साझेदारी तथा डायस्पोरा सहभागिताका नयाँ अवसर सिर्जना गरेको आयोजकको दाबी छ ।

संस्थाका अनुसार यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूले नेपाललाई केवल पर्यटन गन्तव्यका रूपमा मात्र नभई प्रविधि, नवप्रवर्तन र डिजिटल रूपान्तरणको उदीयमान केन्द्रका रूपमा विश्वसामु प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

अमेरिकाको डेक्सपर्ट्स इंकको प्रमुख सहकार्यमा आयोजना भएको रोडशो कार्यक्रममा एशोशिएट पार्टनरको नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स लगायत फोकस हेल्थ, फ्युजमेसिन्स, ग्लोबल आईएमई बैंक लगायतको सहकार्य रहेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १२ : ५५ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित