स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न « Khabarhub

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण गराएका छन्। 

उनले महिला अधिकार र लैंगिक समानताको विषयमा ठूलो भाषण भए पनि आधारभूत आवश्यकताको विषयमा बेवास्ता भइरहेको भन्दै आपत्ति जनाए।

यादवले आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महिनावारी प्राकृतिक प्रक्रिया भएको उल्लेख गरे। उनले यस्तो अवस्थामा महिलाले सुरक्षित स्यानेटरी प्याड प्रयोग गर्न पाउनु अधिकारको विषय भएको बताए।

यस्तै  सरकारले एकातिर लैंगिक समानता र महिला सशक्तिकरणका ठूला कुरा गर्ने तर अर्कोतर्फ स्यानेटरी प्याडजस्तो आधारभूत स्वास्थ्य सामग्रीमा समेत कर लगाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे। उनले यसलाई सामाजिक न्यायसँग जोड्दै प्रश्न उठाए।

उनले चुरोट र मदिराजस्ता हानिकारक पदार्थमा कर बढाउनुपर्ने तर आवश्यक स्वास्थ्य सामग्रीमा कर हटाइनुपर्ने सुझाव पनि दिए। साथै, स्यानेटरी प्याडमाथिको कर तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १ : १२ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक