कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि… « Khabarhub

कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि…


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं- सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै नेपाल बार एसोसिएसनले लालटिन बालेर विरोध प्रदर्शन गरेको छ ।  

संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको नेपाल बारले दिउसै लालटिन बालेर विरोध प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरूले न्यायको खोजी, स्वच्छ प्रक्रियाको खोजी लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजय प्रसाद मिश्रले सवैका लागि खुला हुनुपर्ने अदालतभित्रै मुद्दा दर्ता नगर्ने, अल्झाएर राख्ने कामको सदैव बारले विरोध गर्ने बताए । 

विगत केही समयदेखि संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दर्ता नगरी फर्काइएको र त्यस विरुद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्याय मार्गमा अवरोध सिर्जना गरिएको बारको आरोप छ । 

यसैगरी, अदालतमा विचाराधीन रहेका विषयमा संसद्मा छलफल भएको प्रति पनि बारले कडा आपत्ति जनाएको छ । 

तस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  २ : ४२ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक