कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि… « Khabarhub

कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि…


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं- सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै नेपाल बार एसोसिएसनले लालटिन बालेर विरोध प्रदर्शन गरेको छ ।  

संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको नेपाल बारले दिउसै लालटिन बालेर विरोध प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरूले न्यायको खोजी, स्वच्छ प्रक्रियाको खोजी लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजय प्रसाद मिश्रले सवैका लागि खुला हुनुपर्ने अदालतभित्रै मुद्दा दर्ता नगर्ने, अल्झाएर राख्ने कामको सदैव बारले विरोध गर्ने बताए । 

विगत केही समयदेखि संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दर्ता नगरी फर्काइएको र त्यस विरुद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्याय मार्गमा अवरोध सिर्जना गरिएको बारको आरोप छ । 

यसैगरी, अदालतमा विचाराधीन रहेका विषयमा संसद्मा छलफल भएको प्रति पनि बारले कडा आपत्ति जनाएको छ । 

तस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  २ : ४२ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी